सरकार

गृहले फेरि भन्‍यो : भारतविरुद्ध गतिविधि गरे कारबाही गर्छौँ

इकागज | भदौ २०, २०७८

काठमाडौँ - गृह मन्‍त्रालय मित्र राष्‍ट्रविरुद्ध कुनै गतिविध नगर्न फेरि पनि अपिल गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै मित्रराष्‍टसँगको सम्बन्धमा आँच आउनेगरी नाराबाजी, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविध नगर्न अपिल गरेको हो । मन्त्रालयले यस्ता गतिविधिमा संलग्न भइ कानुन हातमा लिने प्रयास गरे कारबाही गर्ने चेतावनी दिएको छ । 

मन्‍त्रालयले शुक्रबार पनि यस्तै प्रकृतिको विज्ञप्ति जारी गरेको थियो । शुक्रबार कुनै पनि विदेशी परियोजना र राष्‍ट्रविरुद्ध गतिविधि गरे र अभिव्यक्ति दिए कारबाही गर्ने तेतावनी दिउको छ । पछिल्लो समय दार्चुला घटना र एमसीसी परियोजनाविरुद्ध प्रदर्शन भइरहेको छ ।