सरकार

सार्कका सरकार प्रमुखको बैठक राख्‍न प्रधानमन्त्रीसँग शान्ति समाजको माग

इकागज | भदौ ७, २०७८

काठमाडौँ -  मानवअधिकार तथा शान्ति समाजका प्रतिनिधिहरूले मानव अधिकार, शान्ति एवम् समसामयिक विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार भएको भेटघाट एवम् छलफलमा समाजका प्रतिनिधिहरूले अफगानिस्तानमा रहेका विभिन्न नागरिकलाई स्वदेश फर्काउनका लागि दक्षिण एशियाली सहयोग संगठन (सार्क)का सरकार प्रमुखहरूको बैठक बस्नुपर्ने माग राखेका छन् । 

समाज प्रतिनिधिहरूले आणविक अस्त्रको विकास, परीक्षण, उत्पादन, निर्माण, भण्डारण आदिलाई निषेध गरेको आणविक हतियार निषेध सन्धिलाई तत्काल अनुमोदन गर्न पनि समाजले प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन् । तालिबानद्वारा सत्ता कब्जापश्चात विकसित घटनाक्रमका कारण अफगानिस्तानमा फसेका सबै दक्षिण एशियाली नागरिकको उद्धार र सकुसल आ–आफ्नो देश फिर्तिका लागि सार्कको वर्तमान अध्यक्षको नाताले नेपालले तत्काल सार्क राष्ट्रका सरकार प्रमुखको भर्चुअल बैठक आयोजना गरी एकीकृत एवम् प्रभावकारी अभियानको प्रारुप तयार गर्न शान्ति समाजले आग्रह गरेको समाजका महासचिव रामकृष्ण बरालले जानकारी दिए ।

यसैगरी विश्वव्यापी उष्णता, जलवायु परिवर्तन र हिमालय संरक्षणका सम्बन्धमासमेत ध्यानाकर्षण गराइएको महासचिव बरालले जानकारी दिए। भेटमा समाजका सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाईं, महासचिव बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य विष्णु भुषाल र काठमाडौं शाखा सभापति ईश्वर पुडासैनीलगायत सहभागी थिए ।

सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति, मुख्यमन्त्री डा. रावल

दीपक उपाध्याय | भदौ ४, २०७८

कैलाली - सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने भएको छ । नेपाली कांग्रेस, नेकपा माओ...

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको नेतृत्वमा कोभिड-१९ रोकथाम समिति गठन

इकागज | भदौ ३, २०७८

काठमाडौँ – कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा ...

राष्ट्रपति कार्यालयमा अझै दर्ता भएन दल विभाजनसम्बन्धी अध्यादेश

इकागज | भदौ १, २०७८

काठमाडौँ - राष्ट्रपति कार्यालयमा राजनीतिक दलसम्बन्धी अध्यादेश अझै दर्ता भएको छैन । अहिले कानुन न्याय तथा ...

संसद् अधिवेशन अन्त्य गर्ने निर्णयप्रति एमाले नेतृ विन्दा पाण्डेको विरोध

इकागज | साउन ३२, २०७८

काठमाडौँ - नेकपा एमालेकी सांसद विन्दा पाण्डेले सरकारले हठात् संसद् अधिवेशन अन्त्य गरेको भन्दै आपत्ति जनाए...