प्रधानमन्त्री ओलीले शीतलनिवासबाटै बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी भेट्ने शीतलनिवास गएका प्रधानमन्त्री ओलीले त्यहीँबाटै मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
एमाले स्थायी कमिटीको बैठक सकिएलगत्तै राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास गएका ओलीले मन्त्रिपरिषद् बैठक त्यहीँबाट बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रधामन्त्री ओलीले बैशाख २७ गते विश्वासको मत लिन प्रतिनिधि सभा बैठक बोलाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रले ओलीविरुद्ध मत दिने निर्णय गरिसकेका छन् । त्यस्तै जसपाको उपेन्द्र यादव-डा. बाबुराम भट्टराई समूहले विश्वासको मत नदिने पक्का छ ।
ओलीले हिजो मात्रै कांग्रेससँग छलफल गरेका थिए । कांग्रेसले विश्वासको दिन नसकिने जवाफ दिएको थियो ।