खाडी

गोला प्रथाबाट बाहिरिए छ सय प्रतिष्पर्धी

एक हजार नेपाली कामदार जाने भए इजरायल

काठमाडौँ - नेपालीहरूको रोजगारीको आकर्शक गन्तब्य भनिएको इजरायलमा अब एक हजार नेपाली तत्काल जान पाउने भएका छन् । लामो समयदेखि इजारायलमा कामदार लैजान रोकिएपछि दुःखी बनेका इजरायली राजदूत हनान गोडेर आफै लागि परेर पुनः कामदार लैजाने प्रक्रिया अघि बढाएका हुन् । नेपाली कामदारको अन्तिम छनौट सुनाउँदा उनी निकै हर्षित देखिन्थे ।

हुनत सन २०१० तिर नै कामदार लैजादा दुई देशका बीचौलियाबीच पैसाको लेनदेनमा प्रयोग हुने अवैधानिक बाटो बन्द गरेमात्र नेपालीलाई रोजगारको ढोका खुला गर्ने सर्त इजरायलले अघि सारेको थियो ।  त्यसपछि कामदार लैजाने काम रोकिएको थियो । तर सन २०१५ मा आएर अर्को पाइलट प्रोजेक्ट सम्झौता अन्तर्गत नेपलीलाई लैजाने भनियो । तर त्यसबाट पनि एक सय ६ जना नेपाली गएयता नेपालीहरू इजरायल जान सकेका छैनन् । हनान आउँदा इजरायल जाने क्रम बन्दैजस्तो अवस्थामा थियो । 

नेपालप्रति सदभाव राख्ने गोडेर आएकै दिनदेखि कामदार पठाउने कार्यमा जुटे । त्यो पनि सरकार-सरकार (जीटूजी) मार्फत गराउने भन्दै । त्यसको परिणाम आएको भन्दै सोमबार आफ्नै निवासमा बोलाएर खुसी बाडेँ । राजदूत गोडेरको निवासमा सरकारी अधिकारी र सञ्चारकर्मीको उपस्थितिसहित भर्चुअल सम्पर्कबाट इजरायलको जेरुसेलममा गरिएको गोला प्रथा छानोट प्रत्यक्ष रूपमा हेर्न सकियो । त्यहाँ गोलाप्रथाबाट एक हजार नेपाली कामदार छनौट गरिएको हो ।  विभिन्‍न चार चरण पार गरी १ हजार ६ सय नेपाली इजरायल जाने छनौटमा परेका थिए । 

१ हजार ६ सयबाट एक हजार इजरायल जान छानिएका हुन् । त्यसमा चयन गर्ने विधि गोला प्रथाबाहेक अर्को नभएपछि त्यो विधि अवलम्बन गरिएको राजदूत गोडेरले बताए । सूचीकृतमध्ये एक हजार जनाको नाम सोमबार गोलाप्रथाबाट छनोट गरियो । उनीहरूको नाम सोमबार नै इजरायलले वैदेशिक रोजगार विभागमा पठाइसकेको छ । यसअघि विभिन्न चरणमा छलफल भई सहमतिसमेत भइसकेकाले पहिलो क्षेत्रका रूपमा इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, दिवा स्याहार केन्द्रलगायत) मा नेपालीले रोजगारीको अवसर प्राप्त गर्नेछन् । 

वैदेशिक रोजगारीका लागि इजरायललाई आकर्षक गन्तव्यका रूपमा लिइन्छ । आम्दानी, सामाजिक सुरक्षा तथा रोजगारीजन्य श्रमिक स्वास्थ्य सुरक्षाका दृष्टिले इजरायल विश्वकै उत्कृष्ट मुलुकमा पर्दछ । ‘हामी सरकारी कर्मचारी । म इजरायलको तपाईहरू नेपाल सरकारको । यसैले हामीले हाम्रा नागरिकको हितमा काम गर्ने हो । तपाई र हाम्रो सहकार्यले दुवै देशका नागरिक लाभाम्वित भएका छन्,’ राजदूत गोडेरले भर्चुअल कार्यक्रममा भने, ‘लामो समयदेखि अड्एिको र अहिले एक वर्षअघि देखि रोकिएको यो प्रक्रिया यहाँसम्म आइपुगेको छ । खुसीको कुरा हो । दुवै सरकारलाई धन्यवाद दिन चाहन्छु ।’ 

अब, केही समयमा नेपालबाट एक्जुलरी (सहायक) कामदारको रूपमा नेपालीहरू इजरायल जानेछन् । यसका लागि ९ हजार ७ सय बढीले अवेदन दिएका थिए । आवेदकको भाषा परीक्षण, अध्ययन र तालिम लिएको दस्तावेजको अध्ययनपछि छानिएका १६ सय जनामा गोला प्रथा गरिएको हो । कसलाई हटाउने भन्ने कुनै उपाए नभएपछि उत्तम विधिको रूपमा गोला प्रथालाई लिइएको राजदूतले बताए ।

नाम आएका नेपालीहरूले स्वास्थ्य परीक्षण गर्नपर्ने छ ।  प्रहरीको रिपोर्ट आवश्यक भएपछि ७० हजारको टिकट काटेर इजारायल जान सक्नेछन्, राजदूतले भने । यद्यपि छनोट भएकाको मेडिकल परीक्षणको रिपोर्ट र प्रहरी रिपोर्ट गलत आएमा उनीहरू जान पाउने छैनन् । इजरायलले म्यानपावर कम्पनीबिना नै नेपाली लैजाने विधि तय गर्न भनेपछि लामो समयदेखि इजरायल जाने अवसर गुमेको थियो । २०१० पछि एकै पटक दुई वर्ष अघि  करिव एक सय जना इजरायल जान पाएका थिए । 

त्यसबाहेक अन्यले अवसर नपाउँदा नेपालीहरू भारतबाट समेत अनेकन उपाए गरेर जान थालेका थिए । इजरायलीहरूले नेपाली कामदारलाई रुचाउने हुनाले पनि नेपाली कामदारको माग इजरायलमा छ । हनान पहिलोपटक नेपालमा राजदूत रहँदा नै उनले नेपाली कामदारलाई इजारायलमा लैजाने विधि तय गरेका थिए । पछि उनैले त्यो विधिमा म्यानपावर कम्पनीले कमाउने सुनेपछि र उजुरी पाएपछि रोकेका थिए । अहिले उनै राजदूत भएर आएको दिनदेखि यसमा लागे र पठाउने तयारी गरे ।

यो विधिले विचौलियालाई टाउको दुख्ला तर नेपालीले पैसा नै खर्च नगरी काम गर्न जान पाउनेछन् । यसलाई सरकार-सरकार (जीटूजी) बीचको सहकार्य भनिन्छ । इजरायलका लागि नेपाली राजदूत अन्जान शाक्यले पनि यसका लागि काम गरेको जानकारी दिइकी थिइन् । कामदार छनौट निकै पारदर्शी ढंगले भएको र यसबाट दुवै मुलुकका नागरिकलाई फाइदा भएको पनि उनले बताइन् ।

उनले पनि गोडेरले झै नै भनिन्, ‘यो सँगै कृषि क्षेत्रमा पनि नेपालबाट कामदार जान पाउने छन् । यसको प्रक्रिया अघि बढेको छ । परराष्ट्रका सहसचिव एवं मध्य, पश्चिम एसिया र अफ्रिका महाशाखाका प्रमुख हरिशचन्द्र घिमिरेले दुवै मुलुकको सम्बन्धलाई नजिक ल्याउने यो अर्को खुड्किले रहेको बताए । इजरायली राजदूत गोडेरको कामको प्रशंसा गर्दै नेपालीले इजरायलमा काम गर्न पाउने अवसरका लागि धन्यवादसमेत दिए ।

पूर्वसचिव विनोद केसी पनि उपस्थित हुँदै इजरायलले पठाएको प्रस्ताव आफूले अघि बढाएको स्मरण गरे । सम्झौता भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ३ वर्षमा ३ सय कामदार आपूर्ति गर्ने समझदारी भए पनि यो अवधिमा १ सय ६ जना मात्र इजरायल पुगेको विभागको तथ्यांक छ । सम्झौतामा भनिए जति कामदार पनि इजरायल आपूर्ति हुन सकेन ।

इजरायल जानका लागि विभागले पहिलो चरणमा गरेको आवेदनमा ८ सय १८ जनाले दरखास्त दिएका थिए । त्यसबाट अन्तिम भाषा परीक्षामा १ सय सहभागी भएकोमा ५९ जना मात्रै छनौट भएर इजरायल पुगेका थिए । त्यसपछि थप ४७ जना नेपाली इजरायल पुगेका थिए । त्यसपछि इजरायलले काम नै गरेको छैन ।वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले इजरायली पक्षबाट एक हजार जना नेपालीहरु जान सक्ने यो विधि पारदर्शी र दिगो विधिको रूपमा व्यख्या गरे ।

इजारायलका कृषिमन्त्री ओडेड फोररले नेपालबाट कृषि कामदार लिने चाहना व्यक्त गरेका छन् । उनले फर्किनै लागेकी नेपाली राजदूत शाक्यसँगको भेटमा यस्तो बताएका थिए । त्यो काम पनि गोडेरले निश्पक्ष ढंगले अघि बढाउनेछन् । श्रम सम्झौता नेपाल र इजरायलबीच रहेकाले पनि जुन सुकै क्षेत्रमा पनि कामदार लैजान सहजछ । नेपालबाट ११ महिने कृषि तालिमका लागि वार्षिक करिब ५ सय नेपाली विद्यार्थीहरु इजरायल जाने गरेका छन् । त्यस अलवा थप कामदारको विषयमा पहल भएको हो ।

नेपालबाट २०५७/०५८ सालदेखि नै वैधानिक रूपमा नेपाली कामदार केयर गिभर (सुसारे)का रूपमा इजरायल जान थालेका हुन् । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई आर्थिक वर्ष २०६८/०६९ सम्म ७ हजार २ सय ६१ जना इजरायल गइसकेका थिए । इजरायल जाने नेपाली कामदारको संख्या बढिरहँदा नै विचौलियाले अति धेरै पैसा लिएको भन्दै इजरायलले कामदार लैजान बन्द गरिदिएको थियो । 

कतारी राजदूतसँग वार्ता : पाँच वर्ष बसिसकेँ, पाँच दिन जस्तो लागेको छ

नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैल नेपाल-कतार सम्बन्ध विस्तारमा काठमाडौँमा सक्रिय रहे...

गुम्यो कतार विश्‍वकपमा पाहुनाको सुरक्षा गार्ड नेपाली पठाउने मौका

इकागज | असोज १, २०७८

काठमाडौँ - कतारले सन् २०२२ को विश्वकपमा आउने विशेष पाहुनाको सुरक्षार्थ गार्डको लागि नेपालबाट युवाहरू ल...

वैदेशिक रोजगाारीमा जाने नेपालीहरूकाे सहजीकरणमा सरकारको प्रयास अप्रयाप्त

इकागज | साउन १८, २०७८

काठमाडौँ – वैदेशिक रोजगाारीमा जाने नेपाली कामदारहरूलाई रोजगारीमा पठाउन सहजीकरण गर्ने सरकारको...

उडान सूचना र सर्च एण्ड रेस्क्यु क्षेत्र स्थापना गर्न कतारलाई आईकाओको सहमति

इकागज | असार ३०, २०७८

काठमाडौँ : अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले दोहा उडान सूचना क्षेत्र (एफआईआर) र द...

खाडीमा कार्यरत १० लाख नेपालीले कोभिड-१९ विरुध्दको खोप लगाउन पाउने

काठमाडौँ : खाडी क्षेत्रमा कार्यरत झण्डै १० लाख नेपालीले कोभिड-१९ विरुध्दको भ्याक्सिन (खोप) लगाउन पाउने भ...