वार्ता

हामी भएन–भएनमा अड्किरहेका छौँ, भएन भने समाधान के त ?

सदिक्षा आचार्य | कात्तिक ३, २०७९

मंसिर–४ मा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदै छ । पुराना दलसँगै नयाँ दल-नेता पनि यो निर्वाचनमा भिडिरहेका छन् । काठमाडौँ–२ मा प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सोबिता गौतम उम्मेदवार बनेकी छन् । रवि लामिछाने नेतृत्वको पार्टीको संस्थापकसमेत रहेकी गौतम अधिवक्ता तथा युवा अभियन्ता हुन् । उनका चुनावी एजेन्डादेखि पार्टीको सिद्धान्तसम्मका प्रश्न उनले यहाँ फेस गरेकी छन् । प्रस्तुत छ, इकागजकर्मी सदिक्षा आचार्यसोबिता गौतमबीचको प्रश्नोत्तर :
 

सञ्चार कर्म गर्नुहुन्थ्यो, के आइलाग्यो र अचानक राजनीतिमा प्रवेश गर्नुभयो ? 

राजनीतिमा मेरो प्रवेश रहर र कहर दुवै नभनौँ । कर्म भनौँ । जीवनका हरेक प्रहरमा हामीले विभिन्न भूमिकामा रहेर काम गर्नुपर्ने हुन्छ । त्यस्तै अहिले म राजनीतिमा छु । 

राजनीतिलाई हामीले अतिरञ्जित गरेका छौँ । ओहो, यो त राजनीतिमा आयो भनेर मानिसलाई लाग्दो रहेछ । समाजमा रहने हरेक व्यक्ति राजनीतिमा जोडिएको हुन्छ । नेपाली समाजमा हामी भएन भएनमा नै अड्किरहेका छौँ । त्यो भएन भने अब समाधान चाहिँ के त ? जड मैले राजनीतिमा भेटाएँ । राजनीति सफा भएमा सिस्टम सफा हुन्छ । त्यसैले म राजनीतिमा आएकी छु । 

सिस्टम सफा गर्न राजनीतिमा आउनु नै आवश्यक हो ? तपाईं त अधिवक्ता हुनुहुन्छ । सञ्चारकर्मी हुनुहुन्थ्यो । संघ–संस्थामा पनि आबद्धता रहेको थियो । त्यहाँ पनि त आफ्नो ठाउँबाट पैरवी गर्न सक्नुहुन्थ्यो । त्यो पनि ‘राजनीति’ हो नि, दलमा नलागी केही नहुने भयो ?

म पहिलेदेखि नै समाजमा चेतना फैलाउनुपर्छ भन्ने सोच राख्ने गर्थें । हरेक मानिसले आफ्नो दायित्व निर्वाह गरिदियो भने समाज आफैँ बन्छ जस्तो लाग्थ्यो । अहिलेसम्म काम गरेका ठाँउहरूमा मेरा मुद्दा आवाज मात्रै हुुन्थे । तर ती आवाजहरूले अर्थ राख्थे कि राख्दैन थिए भन्ने पाटो महत्वपूर्ण रहन्छ । मेरो आवाजलाई परिवर्तनको संवाहक बनाउन राजनीतिमा प्रवेश अनिवार्य लागेर म दलमा छु । प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिएकी छु । लेखिएर आएको थियो कि मेरा लागि राजनीति जस्तो लाग्छ । 

राजनीति गर्न विकल्प त धेरै दल थिए । रवि लामिछानेकै पार्टी किन रोज्नुभयो ? 

रवि लामिछानेको नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी भनौँ । पहिलेदेखिकै स्थापित दलहरूमा युवाका मुद्दा पैरवी गर्ने अवस्था छैन जस्तो लाग्छ । हामीले स्पष्ट देखिरहेकै छौँ । युवा पुस्तालाई प्रतिनिधित्व गर्ने स्पेस छैन । जनसंख्याको कुल आँकडा हेर्दा युवा ४० प्रतिशतको हाराहारीमा छन् ।

हामी संवैधानिक समाजवाद मान्छौँ, प्राक्टिकल्ली विकासमा ध्यान दिन्छौँ । 

अधिकांश विदेशिएका छन् । भएका युवाहरू पनि के गर्ने भन्ने अन्योलमा छन् । युवापुस्ताका आवाजहरू पुग्नै गाह्रो देखिन्छ । बाटो पत्ता लाग्यो भन्नुपर्यो र मैले यो पार्टी छानेँ । 

हर्क साम्पाङ, बालेन शाहहरूले स्वतन्त्र मेयरका रुपमा जितिसकेपछि स्वतन्त्रको लहर ह्वात्तै बढेको देखिन्छ । स्वतन्त्रको लहरकै बीचमा स्वतन्त्र पार्टी खोल्नुभयो । स्वतन्त्र शब्दकै हाइज्याक भएन र ? सोझा मतदाताहरूलाई हामी नै स्वतन्त्र हौँ भनेर भ्रमित पार्न खोज्नुभएको हो ? पुराना दलहरूलाई गाली गर्ने दल नामकै सवालमा जाली भएन नि ? 

व्यक्ति स्वतन्त्र हुन सक्छ । दलको विकल्प दल नै हुन्छ, व्यक्ति हुँदैन । अरू देशहरूमा पनि स्वतन्त्र शब्द भएका पार्टीहरू छन् । हामीले पनि राख्यौँ । व्यक्ति यदि दलमा आबद्ध हुँदैन भने ऊ गैरदलीय हो नि । राजनीतिक स्पेसमा आइसकेपछि कोही स्वतन्त्र हुँदैन । उहाँहरू गैरदलीय उम्मेदवार हो, स्वतन्त्र होइन । हामी स्वतन्त्र विचारधारा भएका युवाहरू एउटै स्पेसमा आएका हौँ । त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टी भनेर नामकरण गरेका हौँ । 

तपाईंको पार्टी विचारधारामा किन स्पष्ट छैन ? तपाईंको पार्टीकै अध्यक्ष किन मिडियाका प्रश्नहरूबाट भागिरहनुभएको छ ? कार्यशैलीमा पारदर्शिता देखिँदैन त ? 

उहाँको व्यक्तिगत कुरा हो, मिडियामा आउने कि नआउने । आज तीन महिना तीन–चार दिन भयो दल दर्ता गरेको । सात प्रदेशका लगभग ६८ वटा जिल्लामा संगठन विस्तार गरेका छौँ । पार्टी सभापति धेरै ठाउँमा हिँड्नुपर्ने हुनाले कार्यव्यस्तता भनौँ । उहाँ मान्छे हो थकाइ पनि लाग्छ नि । नेपालको भूबनोट हामीलाई थाहा छँदै छ । विविध कुराले हुन सक्छ । भाग्ने मान्छे होइन, उहाँ । 

तपाईंको पार्टी गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशिता आदि सवालमा कता छ ?  

पार्टीले एउटा पूरा सेप लिएको अवस्था छैन । जम्मा २४ जना केन्द्रीय सदस्य छन् । पार्टीले कुन मुद्दा उठाउने भन्ने छलफल भएकै हो । विज्ञहरूले बनाएको कुरालाई अंगिकार गर्ने सोच हो । हामी संवैधानिक समाजवादलाई मान्छौँ । प्राक्टिकल्ली विकासमा ध्यान दिनुपर्छ । 

प्रदेश संसद्मा तपाईंको पार्टीले उम्मेदवारी दिएन । शक्ति विकेन्द्रीकरण देख्न नसक्ने हो तपाईंहरू ? संघको भ्रष्टाचार नदेख्ने, प्रदेश मात्र गडबड छ भन्ने सोच सामन्ती सोच हैन ? 

पार्टी विस्तार गर्दा अधिकांशले प्रदेश खारेज गर्नुपर्छ भनेको पाइयो । प्रदेश सरकार खर्च बढाउने माध्यम भयो भनेको सुनियो । करको दुरूपयोग भयो भन्ने सुनेका थियौँ । जनताको आवाज बोल्ने पार्टी भएकाले हामीले उहाँहरूको कुरालाई सुनेर मनन गरेका हौँ । यदि हाम्रो सरकार बन्यो भने, केही सुधारका साथ अघि बढ्ने सोचेका छौँ । 

तपाईंका एजेन्डा के–के छन् ? 

हामीले आधारभूत कुरा नै पाएका छैनौँ । सर्वसुलभ शिक्षा, खानेपानी, ढल व्यवस्थापन, यातायात । सदनमा गएपछि मेरो काम नीति बनाउनका लागि दमदार प्रस्तुति दिनु हो । नत्र त कार्यकारी भूमिकामा नै नहुँदा त एजेन्डा मात्र बनाउँदा के गर्ने ? सांसदको भूमिका त नीति निर्माण हो ।

सदनमा गएपछि मेरो काम नीति बनाउनका लागि दमदार प्रस्तुति दिनु हो ।

बाटो बनाइदिन्छु, रोजगारी दिन्छु भन्ने होइन । शिक्षामा, स्वास्थ्यमा, वातावरणमैत्री काम गर्नुपर्ने छ । दिगो विकासमा, कृषिमा काम गर्नुपर्ने छ । सिन्धुपाल्चोकको सिमाना जोडिएका क्षेत्रहरूमा बँदेल आतङ्क छ । त्यो पनि समाधान गर्नुपर्ने छ । 

निर्वाचनमा हार जित त हुन्छ नै । नजितेको खण्डमा पनि राजनीतिलाई नै निरन्तरता दिनुहुन्छ कि के गर्नुहुन्छ ? 

२४ घण्टा झोला बोकेर राजनीति गर्ने पक्षमा म छैन । मैले जिते पनि, हारे पनि मेरो क्षेत्रमा सदैव प्रतिनिधित्व जनाउने नै छु । म त्यहाँको नेता हो । म सधैँभरि बोल्छु । नेपालका विभिन्न मुद्दाहरूमा म निरन्तर आवाज उठाउँछु । मेरो पेसा कानुनी पेसा हो । अधिवक्ता भएर काम गर्नुपर्ने ठाउँमा म अधिवक्ता रहन्छु । किनकि मैले जीविका चलाउन त पर्यो नि । म दुवैलाई मिलाएर लैजान्छु । 

वैकल्पिक शक्तिहरू मजाक बनेको देखिन्छ त ? तपाईंको पार्टी पनि त्यही लाइनमा जान्न भन्ने के ग्यारेन्टी छ ?

म वैकल्पिक शक्ति आउनुपर्छ भन्ने मुद्दामा अडिग भएको व्यक्ति हुँ । नयाँ दलबाट पनि छुट्टिएर कतै जान लागे त बरबाद भयो नि । तर, भविष्य हो कसले देखेको छ र ? अहिले हामी अडिग छौँ । हामीलाई दल रहन्छ कि नाइँ भनेर प्रश्न आउँछ । हामी प्रतिबद्ध छौँ । हाम्रो दल रहन्छ । युवा पुस्ताहरूले आएर राजनीति गर्ने स्पेस हो । 

स्वतन्त्र र युवाको प्रतिनिधित्व मैले गर्छु, तीन हजार मतान्तरले चुनाव जित्छु

अतिन आचार्य | कात्तिक २, २०७९

काठमाडौँ निर्वाचन क्षेत्र नं १ को चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । काठमाडौँ-१ प्रमुख दलका 'प्रभ...

सेती बेसिनको भविष्य पनि अरूण करिडोर जस्तै देखिरहेको छु : सिईओ भट्ट

इकागज | कात्तिक २, २०७९

नेपाल सरकारले राष्ट्रिय गौरवको परियोजना घोषणा गरेको करिब चार दशकसम्म विभिन्न आरोहअवरोह पार गरेको पश्चि...

घोषणापत्रहरूमा ‘विशेष व्यवस्था’ गर्ने धेरै नै भनिन्छ, यो भनेको के हो ?

सृजना खड्का | कात्तिक २, २०७९

कैलाश राई सामाजिक अध्येता तथा अभियन्ता हुन् । उनी सामाजिक समावेशीकरण, महिला र पहिचानका मुद्दामा प्राज्ञ...

३०/४० वर्षदेखि सांसद, आफू र आसेपासेबाहेक कसलाई के राम्रो भो ?

सदिक्षा आचार्य | कात्तिक १, २०७९

आगामी मंसिर ४ मा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन हुँदै छ । दलहरू घोषणापत्र बनाउँदै छन् । निर्वाचन...

‘अहिलेका दल र नेताबाट देशले निकास पाउने नदेखेपछि आफैँ राजनीतिमा आएँ’

कमल विष्ट | कात्तिक १, २०७९

४५ वर्षीय डा. प्रधुम्न महत पेसाले रसायनशास्त्रका प्राध्यापक तथा अनुसन्धाता हुन् । उनी करिब दुई दशकदेखि अध्य...

'फलानोले जित्छ, फलानोले हार्छ भनेर पहिल्यै सामाजिक सञ्जालले टीको लगाउन पाइँदैन'

इकागज | असोज २८, २०७९

आगामी निर्वाचनका लागि लागू गरिएको आचारसंहिताको विषय अहिले विवादित बनेको छ । निर्वाचनलाई स्वच्छ र मर्या...

प्रेममा परेँ तर पुरुषहरूले महिलालाई मजदुर बनाएको देखेर विवाह गरिनँ

बसाइँसराइको भाष्यमा अक्सर यस्तै पढाइन्छ- मान्छे गाउँबाट सहर छिर्छ । परिधिबाट केन्द्रतिर सर्छ । हिमाल, पहाड...

आमाका पालामा विष्णुमतीमा नुहायौँ, बुवाका पालामा पानी छुनै सकिएन

बसाइँसराइको भाष्यमा अक्सर यस्तै पढाइन्छ- मान्छे गाउँबाट सहर छिर्छ । परिधिबाट केन्द्रतिर सर्छ । हिमाल, पहाड...

कांग्रेसको घोषणापत्र लेखिरहेका २२ वर्षीय युवा विकल राईसँग कुराकानी

सदिक्षा आचार्य | असोज १२, २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दलहरू चुनावी घोषणापत्र तयार गरिर...