साहित्य

रहेनन् कवि वैद्य

इकागज | भदौ ११, २०७८

काठमाडौँ- नेपाल भाषाका चर्चित आधुनिक कवि पूर्ण वैद्यको बिहीबार निधन भयो । भदौ २ गते अस्वस्थ भएपछि उनलाई ललितपुरस्थित निदान अस्पताल भर्ना गरिएको थियो । उनमा कोरोना सङ्क्रमण पनि पुष्टि भएको थियो ।

उनको जन्म १९९७ साल जनैपूर्णिमाका दिन भक्तपुरको चोछेँ टोलमा भएको थियो । ‘सरासू’ कविता सङ्ग्रहका लागि २०२१ सालमा उनलाई नेपाल भाषाको पहिलो साहित्यिक पुरस्कार ‘श्रेष्ठ सिरपाः’ प्रदान गरिएको थियो ।

विसं २०७६ मा उनी न्हूजः प्रगतिशील साहित्य पुरस्कारबाट पनि पुरस्कृत भए । थुप्रै पुस्तक लेखेका उनको ‘लः लः खः’ शीर्षक कविता सङ्ग्रहको अङ्ग्रेजी भाषानुवाद भएको छ ।

दिवङ्गत वैद्यको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी परिवारजनले दिएको छ । रासस

हिराइथ

प्रवीण | भदौ ५, २०७८

चेतना ‘म यो सहरभित्र गुमनाम छु, या, यो सहर मभित्र गुमनाम छ !’ हामी एक अर्कालाई जा...

प्राडा र पुरातत्त्वका हाकिमहरू न एकेडेमिक न पपुलर, कुनै इतिहास लेखिरहेका छैनन्

विमल आचार्य | भदौ ४, २०७८

इतिहासकार डा. महेशराज पन्त आज ७७ वर्ष पूरा भए । उनी पुराना सबैजसो लिपि-भाषा खुट्याउन सक्छन् । उनी यहाँ...

पृथ्वी-प्रज्ञा पुरस्कार दिएनन्, राजावादी आरोप लगाएर राष्ट्रगान बनाएनन्

विमल आचार्य | भदौ १, २०७८

२०७७ असोज ७ मा कविवर माधव घिमिरे १०२ औँ जन्मदिन मनाउनेवाला थिए, तर महिना दिनअघि नै भदौ २ मा उनले आ...