प्रदेश / स्थानीय सरकार

नेपाल-भारत सीमा नखुल्दा रुपन्देहीका होटल मारमा

इकागज | असोज १२, २०७८
बुटवल – नेपाल–भारत सीमा नाका बन्द हुँदा रूपन्देहीको होटल र पर्यटन क्षेत्र मारमा परेको छ । कोभिड संक्रमण फैलन नदिनका लागि सीमानाका बन्द गरी पर्यटक आगमनलाई रोक लगाउँदा पर्यटन क्षेत्रमा त्यसको प्रत्यक्ष असर परेको हो । सीमानाका बन्द हुँदा रुपन्देहीमा सञ्चालित ३ सय बढी होटल तथा रेष्टुरेन्ट,  १ सय बढी ट्राभल एजेन्सी धराशयी बनेको पर्यटन व्यवसायीको भनाइ छ । निजी क्षेत्रको करिब २५ अर्ब रूपैयाँ लगानी रहेको रुपन्...