प्रमुख समाचार

राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे मन्त्रालयसँग छलफल

इकागज | फागुन २०, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरेका छन् ।

आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, सचिव केशव शर्मा, विभागीय प्रमुखहरू र मन्त्रालयका सहसचिवहरू बोलाएर छलफल गरेका हुन् ।

छलफलमा प्रधानमन्त्रीले राष्ट्रिय गौरवका आयोजनाहरूको आफूले नियमित अनुगमन गरिरहेको जानकारी दिँदै आयोजनाको लागत बढेमा स्वयं आयोजना प्रमुखहरू नै जिम्मेवार हुने गरी निर्देशित गर्न र कार्यसम्पादनको व्यवस्था मिलाउन निर्देशनसमेत दिए ।

बैठकमा उत्तरदक्षिण (कोशी करिडोर) खाँदबारी-किमाथांका सडक योजना, कालीगण्डकी करिडोर र कर्णाली करिडोरको प्रगति अवस्थाबारे मन्त्रालयको ब्रिफिङ लिएका हुन् । 

कोशी करिडोरको भौतिक प्रगति ३२ प्रतिशत रहेको, वित्तीय प्रगति पनि ३२ प्रतिशत नै रहेको जानकारी दिँदै सचिव शर्माले सडक निर्माणको काममा प्रगति भइरहेको जानकारी दिए । 

त्यसैगरी उत्तर दक्षिण (कालीगण्डकी करिडोर) सडक योजनाको ६३ प्रतिशत भौतिक प्रगति र ५५.७ प्रतिशत भौतिक प्रगति रहेको जानकारी दिँदै शर्माले स्रोत व्यवस्थापनको सीमितताका कारण अपेक्षित प्रगति हासिल नभएको जानकारी गराए ।

त्यस्तै उत्तर दक्षिण (कर्णाली करिडोर) सडक योजनाको भौतिक र वित्तीय प्रगति सन्तोषजनक रूपमा अगाडि बढेको जानकारी सचिव शर्माले गराए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले विगत २५० वर्षमा भएको भौतिक र मानवीय प्रगतिभन्दा गणतन्त्रपछि भएको प्रगति निकै उत्साहप्रद रहे पनि त्यसबारे आम नागरिकमा यथार्थ सम्प्रेषण गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीले भने, 'पछिल्लो १५ वर्षमा भौतिक एवं मानवीय विकासका क्षेत्रमा राम्रा काम भएका छन् । तर, जनतामा सही ढंगले सम्प्रेषण गर्न नसक्दा निराशाजस्तो देखिएको छ । यति धेरै काम हुँदा पनि हामीले जनतालाई सही ढंगले प्रशिक्षित गर्नुपर्छ ।'

विकास आयोजनाका काममा उच्च प्राथमिकता दिन र आयोजना प्रमुखहरूलाई फिल्डमा नै बसेर काम गर्ने वातावरण बनाउन मन्त्री ज्वालालाई निर्देशित गरे ।

प्रधानमन्त्रीले भने, 'विकास आयोजनाका काममा हामी सबैले उच्च प्राथमिकता दिनुपर्छ । सरकार, मन्त्रालय र आयोजनाले निर्धारित काम तोकिएको समयमा पूरा नगर्दा आयोजनाको लागत बढ्दै गएको छ । तसर्थ, यो बेथिति अन्त्य गर्न गम्भीरतापूर्वक लाग्नुस् ।'

स्पञ्ज आइरन र विलेट्स प्रयोग गरेर फलामे छड उत्पादन गर्ने कारखानाको अवलोकन हुने

इकागज | फागुन २०, २०८०

काठमाडौँ- प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्पञ्ज आइरन र विलेट्स...

रेफ्रीको विवादस्पद निर्णयपछि बराबरीमा रोकियो रियल म्याड्रिड

इकागज | फागुन २०, २०८०

काठमाडौं - स्पेनिस ला लिगा अन्तर्गत रेफ्रीको विवादस्पद निर्णयपछि रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएरा...

सरकार र केन्द्रीय दुग्ध सहकारी संघबीच पाँच बुँदे सहमति, किसानको भुक्तानी चैत्र २१ गतेसम्म गरिसक्ने

इकागज | फागुन २०, २०८०

काठमाडौँ - सरकार र केन्द्रीय दुग्ध सहकारी संघबीच भएको वार्तामा पाँच बुँदे सहमति भएको छ ।  कृष...

जातीय विभेद अन्त्यका लागि वनारसी जात्रा : पुजारी दलित, श्रद्धालु गैर दलित

इकागज | फागुन १९, २०८०

बैतडी- पाटन नगरपालिका-३ गुजरमा रहेको प्रसिद्ध वनारसी धाममा हरेक वर्ष हुने जात्रालाई जातीय विभेद ...

विपश्यना ध्यान गरेका बन्दीलाई गृहमन्त्रीको सुझाव : जीवन परिवर्तनको ‘गहना’ लाई अनुकरण गरिरहनुहोला

इकागज | फागुन १९, २०८०

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपश्यना ध्यानले जीवन रुपान्तरण गर्न सघाउ पुर्य...

चुनावको चिन्ता नलिई काममा केन्द्रित हुन जरुरी : महामन्त्री शर्मा

इकागज | फागुन १९, २०८०

टक्सार (भोजपुर)- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले २०८४ को गीत गाउन आवश्यक नरहेक...