प्रमुख समाचार

निर्दोषलाई उजुरी मागेर फसाउने र आफ्नो मान्छेलाई जोगाउने काम भयो : रवि लामिछाने

इकागज | फागुन ६, २०८०

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार छानबिनका नाममा आफ्नो मान्छेलाई जोगाउने काम भएको बताएका छन् । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा लामिछानेले ललिता निवास, भुटानी शरणार्थी प्रकरणको छानबिनमा आफ्नो मान्छेलाई जोगाउने काम भएको बताएका हुन् । 

उनले निर्दोष व्यक्तिविरुद्ध भने उजुरी मागेर फसाउने तर वरपरका मान्छेलाई नछुने काम भएको जिकिर गरे । उनले नेपाली जनताले भोग्नुपरेको पीडा कसैको सत्ता टिकाउनका लागि आधार बन्न नहुने धारणा राखे । 

सरकारले भ्रष्टाचारको फाइल खोल्ने भए रास्वपाका मान्छेहरुको फाइल खोल्न उनले चूनौति दिए । त्यस्तै सभापति लामिछानेले बालकुमारी घटनामा सरकारी आयोगले दोषी ठहर गरेका व्यक्तिलाई कारवाही गर्न माग गरे । 

बालकुमारी घटना सामान्य नभएको भन्दै उनले प्रतिवेदनले दिएका निष्कर्षलाई सरकारले कसरी कार्यान्वयन गर्छ भनेर रास्वपाले हेरिरहेको बताए । 

कांग्रेसका २२ नेताद्वारा हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा

इकागज | फागुन ५, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेताहरूले सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गरे...

महासमिति बैठकमा पार्टी रुपान्तरणका लागि छुट्टै प्रस्ताव पेस गर्छौं : सुनिल शर्मा

इकागज | फागुन ५, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका महासमिति सदस्य एवं सांसद सुनिल शर्माले आगामी महासमिति बैठकमा पार्टी रुपान्...

प्रकृति संरक्षण मानवजातिको साझा चासो र चुनौतीको विषय हो : राष्ट्रपति

इकागज | फागुन ५, २०८०

पाटन- राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृति संरक्षण मानवजातिको साझा चासो र चुनौतीको विषय बनेको बताएका छन्...