प्रमुख समाचार

श्रीमती र दुई छोरीको हत्यापछि श्रीमान् फरार

इकागज | फागुन ९, २०८०

काठमाडौँ- काठमाडौँको स्वयम्भूमा तीन जनाको हत्या भएको छ। नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित एउटा घरमा बुधबार बिहान तीन जनाको हत्या भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार परिसर, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र वृत्त स्वयम्भूको टोली घटनास्थलमा पुगेको छ। ‘विस्तृत विवरण आउन बाँकी छ,’ परिसर प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले भने ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका ६ बैराग टोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनका छोरीहरू ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी सिवानी श्रेष्ठको हत्या भएको हो ।

'घरेलु हातहतियार प्रहार गरी हत्या गरेको देखिन्छ,' उनले भने । दुई तले घरको भुइँ तलामा घटना भएको हो ।

घटनामा संलग्न ईश्वरीकै श्रीमान् रहेको बुझिएको छ। घटनापछि उनी फरार भएका छन् ।

उनको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको छ ।

कांग्रेस महासमिति बैठक : प्रतिवेदनमाथि सुझाव दिन एक जनालाई पाँच मिनेट

इकागज | फागुन ९, २०८०

काठमाडौँ- नेपाली कांग्रेसको जारी महासमिति बैठकमा आज तेस्रो दिन चार समूहमा विभाजन गरेर पाँच प्रतिवेदन...

काठमाडौँ जिल्ला अदालतको फैसला- स्वतन्त्र जीवन बिताउने इच्छा जागेकै भरमा सम्बन्धविच्छेद हुँदैन

इकागज | फागुन ९, २०८०

काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले स्वतन्त्र जीवन बिताउने इच्छा जागेकै भरमा मात्रै सम्बन्धविच्छेद गर्न नपाइन...

वाफ वुमन्स च्याम्पियनसिप : नेपालको शानदार शुरुवात, सिरियाविरुद्ध ४-१ ले विजयी

इकागज | फागुन ९, २०८०

काठमाडौँ- साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा नेपालले विजयी शुरुव...