प्रमुख समाचार

कांग्रेस महासमिति बैठक : भोलि प्रतिवेदन पेस गरिने

इकागज | फागुन ७, २०८०

काठमाडौँ- नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । ललितपुरको गोदावरीमा सोमबारबाट सुरु भएको महासमिति बैठकमा मंगलबार विभिन्न प्रतिवेदन पेस गरिने भएको छ । 

मंगलबार बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक र अर्थमन्त्रीसमेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेस गर्ने तय भएको छ ।

महामन्त्री थापाले पेस गर्ने सांगठनिक प्रतिवेदनमा देखिएको विवाद समाधानको प्रयास भइरहेको छ । सोमबार सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीचको छलफल बिनानिष्कर्ष टुंगिएको छ । पेस गर्नुअघि प्रतिवेदनमा समेटिएको चुनावअघि गठबन्धन नगर्ने शब्द हटाउन सभापति देउवाले प्रयास गरिरहेका छन् ।

ढोरपाटन उपत्यकाका विद्यालय खुले, चिसोले शिक्षक र विद्यार्थी बिरामी

इकागज | फागुन ७, २०८०

ढोरपाटन (बागलुङ)- अत्यधिक चिसो बढेपछि बन्द भएका बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय सञ्चालनमा आए...

कांग्रेसकाे निर्णयप्रति युनियनको आपत्ति, महासमिति बैठक बहिष्कार

इकागज | फागुन ७, २०८०

काठमाडौं - नेपाल प्रेस युनियनले नेपाली कांग्रेसको महासमिति बैठकमा संगठनका तर्फबाट संस्थागत सहभागिता न...

पहिलो आमनिर्वाचनका उम्मेदवार उप्रेती भन्छन्- राजनीतिमा त्यागको भावना नहुँदा भ्रष्टाचार मौलायो

इकागज | फागुन ७, २०८०

काठमाडौँ- विसं २०१५ मा भएको पहिलो आमनिर्वाचनमा धादिङबाट नेपाली कांग्रेसको उम्मेदवार रहेका नेता भरत उ...

लोकतान्त्रिक गणतन्त्र सात दशकको संघर्षबाट प्राप्त महत्वपूर्ण उपलब्धि हो : राष्ट्रपति पौडेल

इकागज | फागुन ७, २०८०

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित ब...