प्रमुख समाचार

बारामा मोटरसाइकलबाटै बाघले लछारेपछि…

इकागज | फागुन १०, २०८०

काठमाडौँ- बारामा बाघले आक्रमण गर्दा दुई जना घाइते भएका छन्।

घाइते हुनेमा रौतहट बौधिभाई नगरपालिका-३ का ३० वर्षीय कृष्ण साह र सोही ठाउँका ३५ वर्षीय राजु साह रहेका छन्।

बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार उनीहरू मोटरसाइकलमा सवार भएकै अवस्थामा बुधबार अपराह्न बाघले आक्रमण गरेको हो।

अपराह्न पौने ५ बजे साहद्वय चढेको ना३६प ५०११ नम्बरको मोटरसाइललाई बाघले झम्टेको थियो।

जितपुर-सिमरा उपमहानगरपालिका-१६ भद्रकालीस्थित पूर्व-पश्चिम राजमार्गमा पथलैयाबाट रौतहटतर्फ जाँदै गरेको मोटरसाइकललाई बाघले झम्टेको हो।

उनीहरूको सामुदायिक अस्पताल निजगढ बारामा उपचार भइरहेको छ। बाघले झम्टिँदा मोटरसाइकलबाट लडेर दुवै जना घाइते भएका हुन्। चालक कृष्णको खुट्टामा र पछाडि सवार राजुको टाउको, बायाँ र दायाँ हातमा चोट लागेको छ।

राजुलाई बाघले लछारेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए। उक्त क्षेत्रमा बाघले आक्रमण गर्नसक्ने भएकाले आवत-जावत नगर्न प्रहरीले सुझाव दिएको छ।

४० बुँदे माग प्रधानमन्त्रीलाई बुझाएर राप्रपाले सुरू गर्‍यो आन्दोलन

इकागज | फागुन ९, २०८०

काठमाडौं - राप्रपाले सरकारसँग ४० बुँदे माग राख्दै आन्दोलन सुरू गरेको छ । बुधबार प्रधानमन्त्री पुष्प...