प्रमुख समाचार

कांग्रेस महासमिति बैठक आज पनि, प्रतिवेदनमाथि छलफल हुने

इकागज | फागुन ९, २०८०

काठमाडौँ- नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने छ ।

गत सोमबारदेखि सुरू भएको महासमिति बैठकमा हिजो पाँच वटा प्रतिवेदन पेश गरिएको थियो । बैठक गोदावरीमा जारी रहने छ ।

महासमिति बैठक दोस्रो दिन पाँच वटा प्रतिवेदन पेश गरिएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन् । हिजोका बैठकको सुरुमा उपसभापति तथा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका थिए भने महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

पार्टी प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदनमाथि आजबाट छलफल सुरू हुनेछ ।

समुहगत रूपमा पाँच प्रतिवेदनमाथि आजबाट छलफल हुने कांग्रेसले जनाएको छ । महासमिति बैठक फागुन १० सम्म जारी रहने छ ।

वित्तीय संस्थाबारे गरिएको दुष्प्रचारप्रति राष्ट्र बैंकको ध्यानाकर्षण, सर्वसाधारणको निक्षेप सुरक्षित

इकागज | फागुन ८, २०८०

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा केही व्य...

एमसीसी कार्यान्वयनको छ महिना : जग्गा प्राप्ति सुस्त, ठेक्का प्रक्रिया अनिश्चित

हेमन्त जोशी | फागुन ८, २०८०

काठमाडौँ- मिलेनियम च्यालेञ्ज कर्पाेरेसनअन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता (एमसीसी कम्प्याक्ट) लाग...

दिगो विकाससम्बन्धी ११औँ एसिया प्रशान्त मञ्चको अध्यक्षमा नेपाल निर्वाचित

इकागज | फागुन ८, २०८०

काठमाडौँ- दिगो विकाससम्बन्धी एघारौँ एसिया प्रशान्त मञ्चको अध्यक्षमा नेपाल निर्वाचित भएको छ । बैङ्ककस्थित सं...

वर्तमान गठबन्धन एमालेको विरोधका लागि मात्रै केन्द्रित छ : केपी ओली

इकागज | फागुन ८, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन एमालेको विरोधका लागि मात्रै केन्द्रित भए...

शान्ति सैनिकले जातीय तनाव र आतंकवादको खतरा सामाना गर्नुपरेको छ : प्रधानमन्त्री प्रचण्ड

इकागज | फागुन ८, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान विश्वमा देखिएका जातीय तनाव र आतङ्कव...