प्रमुख समाचार

सरकारले किसानको दूधको भुक्तानी तुरुन्त देओस् : दीपकबहादुर सिंह

इकागज | फागुन ११, २०८०

काठमाडौँ - राप्रपाका संसद दीपकबहादुर सिंहले किसानले दूधको भुक्तानी नपाएको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै भुक्तानी नपाएर किसानले दूध पोखिरहेको छ सरकार पैसा छैन भन्छ किसानको पैसा तुरुन्त देओस् । 

'सरकार पैसा छैन भन्छ, किसानलाई काठमाडौँ आइज र आत्मदाह गर भन्न खोजेको हो' उनले प्रश्न गरे । संसद विकास कोषमा रहेको ५ करोड किसानलाई भुक्तानी दिन पनि उनले आग्रह गरे । 

मिटरब्याजी र ठगलाई सरकारले संरक्षण गरिरहेको उनले आरोप लगाए । 'टाढाबाट जनता काठमाडौँ आएको छ पानीले बस्न दिएको छैन सरकार के हेरेर बसेको छ', उनले प्रश्न गरे । यो व्यवस्थाप्रति सोच्नुपर्ने उल्टाउनुपर्ने अवस्था आएको उनले बताए । 

आइतबारदेखि देशभर दादुरा-रुवेलाविरुद्ध खोप अभियान, काठमाडौँका ६ लाख बालबालिकालाई लगाइँदै

इकागज | फागुन ११, २०८०

काठमाडौँ- सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म ...

जग्गा प्राप्तिका लागि काभ्रेका तीन हजार भूमिहीनको आवेदन

इकागज | फागुन ११, २०८०

काभ्रेपलाञ्चोक- राष्ट्रिय भूमि आयोग जिल्ला समिति काभ्रेपलाञ्चोकमा तीन हजारभन्दा बढी भूमिहीनले जग्गा प्राप्ति...

नागरिक उड्डयन प्राधिकरणले माग्यो उपनिर्देशकदेखि सहायकसम्म कर्मचारी

इकागज | फागुन ११, २०८०

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । शुक्रबार सूचना प्रका...