कमल थापाले गरे काठमाडौँ महानगरको नीति तथा कार्यक्रमको तारिफ, भने– 'वेलडन' !
काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले ल्याएको नीति तथा कार्यक्रमको तारिक गरेका छन् । थापाले सोमबार सामाजिक सञ्जालमार्फत शाहले आइतबार प्रस्तुत गरेको नीति तथा कार्यक्रमको तारिफ गरेका हुन् ।
‘आशा आकांक्षा असीमित हुन्छन् । यो पनि, त्यो पनि भइदिए हुन्थ्यो भन्ने चाहना राख्नु स्वभाविक हो । तथापि समग्र विकासको निम्ति बालेन्द्र शाहद्वारा प्रस्तुत नीति र कार्यक्रम प्रशंसनीय छ,’ उनले भने, ‘संस्कृति, सम्पदा संरक्षण र शिक्षा विकासमा ध्यान दिएको राम्रो । वेल डन !’
थापाले शाहलाई कार्यान्वयका लागि शुभकामना पनि दिएका छन् ।