९ वटा कम्युनिस्ट पार्टीको संयुक्त विज्ञप्ति : देउवाले राष्ट्रघाती सम्झौताहरूमा हस्ताक्षर हुने खतरा बढ्‍यो

इकागज | असार १, २०७९

काठमाडौँ- अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे नेपालका ९ वटा कम्युनिस्ट पार्टीले संयुक्त विज्ञप्ति जारी गरेका छन् । एसपीपीमा नेपाली सेनालाई समावेश गराउन प्रस्ताव गरेको दस्ताबेज सार्वजनिक भएपछि ९ पार्टीले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

नेकपा क्रान्तिकारी माओवादी, नेकपा (बहुमत), नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, माओवादी कम्युनिस्ट पार्टी नेपाल, ऋषिराम कट्टेलको नेकपा, (माओवादी समाजवादी), नेकपा मसाल, जन समाजवादी मञ्चले विज्ञप्ति जारी गरेका हुन् ।

‘यो नेपाली सेनाको सहभागिता, अमेरिकाले नेपाली सेनालाई आफ्नो सेनाको अङ्ग बनाउने र सामान्यतः दक्षिण एसिया क्षेत्र र विशेषतः चीनमाथिको सैन्य हस्तक्षेपका निमित्त नेपालका सैन्य अखडालाई निर्बाध प्रयोग गर्ने योजनामा आधारित छ’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा लेखिएको छ 'हामी सार्वभौम तथा स्वाधीन नेपालमाथि अमेरिकी साम्राज्यवादको यसप्रकारको ठाडो दबाब तथा हस्तक्षेपको घोर विरोध एवम् भत्र्सना गर्दछौँ र नेपालको सार्वभौमिकता तथा राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप नगर्न जोडदार माग गर्दछौँ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी अमेरिका भ्रमणमा एसपीपीलगायत विभिन्न प्रकारका राष्ट्रघाती सम्झौताहरूमा हस्ताक्षर हुने खतरा बढेको विज्ञप्तिमा लेखिएको छ । देउवाको अमेरिका भ्रमण रद्द गर्न र राष्ट्रको अहितमा हुने गरी कुनै पनि प्रकारका सन्धि–सम्झौतामा हस्ताक्षर नगर्न उनीहरूले माग गरेका छन् । 

सबै विद्यार्थीलाई सहुलियत चुल्होको व्यवस्था गर्न नेविसंघको माग

इकागज | जेठ ३१, २०७९

काठमाडौँ - नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सबै विद्यार्थीलाई सहुल...

एमालेले माग्यो १४ जेठ मध्यरातको अर्थ मन्त्रालयकाे सीसीटिभी फुटेज

इकागज | जेठ ३१, २०७९

काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमालेले बजेट सार्वजनिकको अघिल्लो दिन १४ जेठ मध्यरातको अर्थ मन्त्रालयक...

देशमा देखिएको बेतिथि अन्त्य गर्न प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ : अध्यक्ष लिङ्देन

इकागज | जेठ ३१, २०७९

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा ...

विराटनगर विमानस्थल आसपासका स्थानीयको समस्या समाधान गर्न कोइरालाको माग

इकागज | जेठ ३१, २०७९

काठमाडौँ - विराटनगर विमानस्थल आसपासका मानिसहरूको समस्या समाधान गर्न कांग्रेस केन्द्रीय सदस्य डा. शेखर को...

१५ गते बस्‍ने केन्द्रीय कमिटी बैठकले पार्टीको पदाधिकारी चयन गर्न सक्‍छ : गुरुङ

इकागज | जेठ ३१, २०७९

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले आगामी असार १५ गते बस्ने केन्द्रीय कमिटी बैठक...