असार १५ मा बस्ने केन्द्रीय कमिटी बैठकले पदाधिकारीको टुंगो लगाउँछ : देव गुरुङ

इकागज | जेठ ३०, २०७९

काठमाडौँ - नेकपा (माओवादी केन्द्र)का नेता देव प्रसाद गुरुङले आगामी असार १५ गते बस्ने केन्द्रिय कमिटी बैठकले पार्टीको पदाधिकारी चयन गर्ने संकेत गरेका छन् । 

पार्टी संसदीय दलका प्रमुख सचेतक समेत रहेका नेता गुरुङले पार्टी पदाधिकारीको चयन आवश्यक्ता अनुसार केन्द्रीय कमिटी बैठक बसेर उपयुक्त समयमा निर्णय लिने विषय भएको पनि बताए । 

सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूले पदाधिकारी नियुक्ती कहिले हुन्छ ? भनि प्रश्न गरेको थिए । आगामी असार १५ गते बस्ने बैठकले त्यसबारे आवश्यक निर्णय लिन सक्ने उनको जवाफ थियो ।

नेता गुरुङले भने, ‘पदाधिकारीको विषयमा पार्टीले आवश्यक्ता अनुसार केन्द्रीय कमिटीको बैठक बसेर उपयुक्त समयमा निर्णय गर्न सक्छ । अव असारको १५ गते केन्द्रीय कमिटीको बैठक बस्ने भनेर भनिएको छ । सम्भवतः त्यो बैठकमा पनि हुन सक्दछ । ’

नेता गुरुङले पार्टीका नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष ओलीसँग गरेको भेटलाई स्वभाविकै रुपमा लिइएको प्रतिक्रिया दिए । उनले राष्ट्रिय स्वाधिनताको सवालमा निकट रहेको पार्टीसँग आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गरेर जान सकिने धारणा राखे । 

विगतमा संसद विघटन गरेर प्रतिगमनतिर एमाले गएकाले आफ्नो पार्टीले काँग्रेससँग सहकार्य गरेर स्थानीय तह निर्वाचनमा जानु परेको नेता गुरुङले दोहोर्‍याए । 

कमल थापाका तीन एजेन्डा : राजसंस्था स्थापना असम्भव, हालको निर्वाचन प्रणाली असफल र पूर्ण स्वतन्त्रतासहित हिन्दू राष्ट्र

इकागज | जेठ ३०, २०७९

काठमाडौं - राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय संरचना परिवर्तन गर्नुपर्ने बताएका छन् । राप्रपा ...

एमालेले भन्यो - स्थानीय निर्वाचनमा राज्यशक्तिको दुरुपयोग र अन्तर्घात

इकागज | जेठ ३०, २०७९

काठमाडौं - नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बसिरहेको छ । च्यासलस्थित पार्टी मुख्यालयमा जारी सच...

एमाले सचिवालय बैठक : २ र ३ असारमा जनप्रतिनिधिलाई प्रशिक्षण दिन प्रस्ताव

इकागज | जेठ ३०, २०७९

काठमाडौं - नेकपा एमाले केन्द्रीय सचिवालय बैठकमा आफ्ना जनप्रतिनिधिलाई प्रशिक्षण तथा अभिमुखीकरण तालि...

बजेट भाषणको अघिल्लो रात अर्थमन्त्रीले के-के गरे ? योगेश भट्टराईले यसरी गरे संसद्‌मै खुलासा

इकागज | जेठ ३०, २०७९

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले अर्थमन्त्री जनार्दन शर्माले र...

महंगीमाथि महंगी थोपरेर सरकारले जनताको ढाड भाँच्‍ने काम गर्‍यो : प्रवक्ता लावती

इकागज | जेठ ३०, २०७९

पाँचथर- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता सगुन सुन्दर लावतीले महंगीमाथि महंगी थोपरेर सरकारल...