काठमाडौं–१ नै किन रोज्छन् नयाँ उम्मेदवारले ?

उपेन्द्र अर्याल | असार ३, २०७९

काठमाडौं : स्थानीय निर्वाचन सकिएलगत्तै सबैको चासो अब संघ र प्रदेशको चुनावतिर मोडिएको छ । प्रतिनिधिसभाको निर्वाचनका लागि स्वतन्त्र र नयाँ दलका उम्मेदवारले धमाधम आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् । स्थानीय निर्वाचनमा जस्तै प्रतिनिधिसभाको निर्वाचनमा नयाँ दल र स्वतन्त्र उम्मेदवारको चर्चा सुरु भइसकेको छ । 

काठमाडौंको क्षेत्र नम्बर १ बाट सामाजिक अभियन्ता पुकार बमले स्वतन्त्रबाट उम्मेदवारी घोषणा गरिसकेका छन् । ‘अहिलेसम्म सडकबाट नागरिकका निम्ति सकेको काम गरेँ,’ उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै भनेका छन्, ‘अब संसद् पुगेर नागरिकको आवाज बोल्छु ।’

त्यही क्षेत्रबाट पूर्वडीआईजी रमेश खरेलले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनी स्वतन्त्र उम्मेदवार भने होइनन् । खरेलले आफैँ अध्यक्ष रहेको नेपाल सुशासन पार्टीबाट उम्मेदवारी घोषणा गरेका हुन् । 

प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं १ सधैँ चर्चामा रहन्छ । चर्चामा रहेको यही क्षेत्रबाटै नयाँ उम्मेदवारले प्रायः उम्मेदवारी दिन्छन् । २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा विवेकशील साझा पार्टीको तर्फबाट रवीन्द्र मिश्रले यही क्षेत्रबाट चुनाव लडेका थिए । उनको उम्मेदवारीले त्यसबेला काठमाडौं १ को मात्रै नभई देशभरकै माहोल तातेको थियो । मिश्रले त्यसबेला नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग ८ सय १८ मतले हारेका थिए ।

 

ह्याट्रिक म्यान प्रकाशमानलाई रवीन्द्र मिश्रपछि सत्याग्रही पुकार बम र पूर्वडीआईजी रमेश खरेल चुनौती

कांग्रेसका सिंहले १० हजार ९ सय ३६ मत ल्याएका थिए भने मिश्रले १० हजार १ सय १८ मत मात्रै पाएका थिए । मिश्रले नजिते पनि उनले ल्याएको मतले काठमाडौँमा त्यसबेला एक किसिमको तरंग ल्याएको थियो । स्थापित दलका उम्मेदवारविरुद्ध लडेर मिश्रले ल्याएको मतले नयाँ उम्मेदवारलाई पनि हौसला मिलेको थियो ।

मिश्र आफैँले हारे पनि जनताले दिएको मतले उत्साही बनाएको प्रतिक्रिया त्यसबेला दिएका थिए । नयाँ उम्मेदवार गएर त्यस ठाउँमा त्यत्रो मत ल्याउला भन्ने धेरैको कल्पना बाहिरको कुरा थियो । तर, मानिसको कल्पना बाहिर गएर मिश्र स्थापित दलका उम्मेदवारमाथि भारी बनेका थिए । सिंहले भने हालसम्म तीन पटक काठमाडौं १ बाट जितिसकेका छन् ।

आसन्न प्रतिनिधिसभाको निर्वाचनमा पनि काठमाडौं १ चर्चामै रहने देखिन्छ । क्षेत्र नम्बर १ मा काठमाडौं महानगरपालिकाको वडा १०, ११, १९ र ३१ पर्छ । यो क्षेत्रमा धेरै जसो बाहिरबाट आएर बसोबास गरेका मतदाता रहेकाले यहाँका स्थापित दलले नै मत पाउँछन् भनेर यकिन गर्न कठिन छ । त्यसैले पनि यो क्षेत्र नयाँ उम्मेदवारको रोजाइमा पर्छ । 

यसपटको स्थानीय निर्वाचनमा काठमाडौंको मेयरमा विजयी भएका स्वतन्त्र उम्मेदवार बालेन शाहले ल्याएको मत हेर्दा पनि प्रतिनिधिसभा उम्मेदवारको रोजाइमा किन यही क्षेत्र पर्‍यो भनेर सहजै अनुमान लगाउन सकिन्छ । स्वतन्त्र उम्मेदवार बालेनले यी क्षेत्रबाट अन्य उम्मेदवारको भन्दा बढी मत ल्याएका थिए । तर, उनले ल्याएको मत प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवारले नै पाउँछन् भन्ने ठोकुवा त गर्न सकिँदैन । तर, यस क्षेत्रका मतदाताको मनस्थिति हेर्दा उनीहरूको रुचि स्थापित दलमा मात्रै छैन भन्ने सहजै बुझ्न सकिन्छ । 

काठमाडौं १ मा यसपटक स्वतन्त्रबाट उम्मेदवार बनेका पुकारले स्थापित दलका नेतासँग प्रतिस्पर्धा गर्नेछन् । उनीसँगै मैदानमा पूर्व डीआइजी खरेल पनि छन् । तर, डीआइजी खरेलको तुलनामा पुकार बलिया उम्मेदवार देखिन्छन् । 

पुकारले काठमाडौंमै बसेर थुप्रै अभियानमा काम गरिसकेका छन् । उनले डा. गोविन्द केसीको अभियानमा सुरुवातबाटै काम गरेका थिए । उनले कोरोनाबाट नागरिकको ज्यान जोगाउन सरकारले पहल लेऊ भनेर २०७७ सालमा आमरण अनशन बसेका थिए । काठमाडौंमै रहेर थुप्रै अभियान मार्फत यहाँको राजनीतिमा सक्रय भूमिका निर्वाह गरेका कारण पुकार परिचित छन् । 

डीआइजी खरेलले प्रहरी सेवामा हुँदा नाम र चर्चा बटुलेका थिए । उनले पनि यहाँको मतादाताको मनस्थिति हेरेर आफ्नो उम्मेदवारी घोषणा गरेका होलान् ।

स्थानीय निर्वाचनबाटै युवा उम्मेदवारको बढ्दो आकर्षणका कारण पुकारलाई पनि मतदाताले नजिकबाट नियालिरहेका छन् । उनले संसद्मा नयाँ प्रतिरोधको आवज संसद्मा पुग्न जरुरी भएकाले आफूले उम्मेदवारी दिएको बताएका छन् ।

 ‘अब मुलुकको नीति बनाउने थलो संसद्ले समेत नयाँ अनुहार खोजेको छ, ताजगी खोजेको छ,’ उनले उम्मेदवारी घोषण गर्दै भनेका छन्, ‘त्यसैले, राजनीतिक भ्रष्टाचार र लुटतन्त्रविरुद्ध युवा प्रतिरोधको आवाज संसद्मा पुग्न जरुरी छ । यसैको पहलस्वरुप मेरो उम्मेदवारी हो ।’

पुकारले अघिल्लो निर्वाचनमा विवेकशील साझाको तर्फबाट रवीन्द्र मिश्रले ल्याएको मत पनि तान्न सक्ने सम्भावना रहेको छ । उनले विवेकशील साझाको सहानुभूति मत पाए पनि विवेकशीलको चाम यस पटक पहिलेको जस्तो नभएकाले धेरै आशावादी हुने ठाउँ भने देखिदैन । 

यस पटकका नयाँ उम्मेदवारलाई काठमाडौं–१ बाट जित हासिल गर्न कांग्रेसबाट ‘ह्याट्रिक’ जित निकालेका सिंह भारी पर्न सक्छन् । एमाले उठाउने उम्मेदवारलाई पनि नजरअन्दाज भने गर्न सकिँदैन । अघिल्लो निर्वाचनमा एमाले र माओवादीको गठबन्धन भएका कारण एमालेले आफ्नो उम्मेदवार उठाएको थिएन । माओवादीका उम्मेदवार अनिलकुमार शर्माले ५ हजार ३ सय ३६ मत ल्याएका थिए । 


 

दलहरु असफल भइसकेकाले वैकल्पिक शक्तिका रुपमा राप्रपा नेपाल आयो : कमल थापा

इकागज | असार ३, २०७९

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको दलहरु असफल भइसकेको भन्दै आफ्नौ प...

मन्त्री र सचिवलाई भरतपुरमा उतारेर प्रचण्डले गरे आगामी कार्यदिशाबारे अन्तरक्रिया

इकागज | असार ३, २०७९

चितवन -  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र- ३ बाट निर्वाचित सांसद पुष्पकमल...

शेरबहादुरजी निर्वाचित भएर कहिल्यै प्रधानमन्त्री हुनुभएको छैन : ओली

इकागज | असार ३, २०७९

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा ...

संगठन विस्तारका लागि एकीकृत समाजवादीले तीन महिने विशेष अभियान सञ्चालन गर्ने

इकागज | असार ३, २०७९

काठमाडौं– सत्तासीन दल नेकपा एकीकृत समाजवादीले संगठन विस्तार कार्यलाई तीव्रता दिन तीन महिने...

परराष्ट्र मन्त्रीलाई भीम रावलको सुझाव- सैन्य गठबन्धनमा छैनौँ भनेर अमेरिकालाई पत्र लेख्नुहोस्

इकागज | असार ३, २०७९

काठमाडौं - नेकपा एमालेका नेता भीम रावलले नेपाल सैन्य गठबन्धनमा सहभागी हुने छैन भनेर अमेरिकालाई...

ईश्वर पोखरेलको प्रश्नः एसपीपीलाई सेनाले पत्र पठाउँदा सरकारलाई कहिले सोध्ने काम भयो ?

इकागज | असार ३, २०७९

काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) ...

हामीलाई हराउन पार्टीभित्रबाटै सकुनी, मिर जाफर, मिर कासिम निस्किए : ओली

इकागज | असार २, २०७९

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा पार्टीभित्रकै सकुनीहरूका कारण धेरै प...