सरकारले जनताको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्‍यो : अध्यक्ष ओली

इकागज | जेठ २४, २०७९

काठमाडौँ - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ को महामारी फैलिने बित्तिकै नेपालमा तत्कालीन सरकारले जनताको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताएका छन् । 

पुष्प वरुवाल स्मृति प्रतिष्ठानले आज भक्तपुरको बालकोटस्थित ओली निवासमा आयोजना गरेको शिक्षासेवी, उद्योगी एवं समाजसेवी स्वर्गीय पुष्पबहादुर वरुवालको प्रथम स्मृति दिवस, स्मारिका विमोचन एवं श्रद्धाञ्जली सभा कार्यक्रममा उनले अन्य मुलुकमा भन्दा नेपालमा त्यसबेलाको सरकारले धेरै काम गरेको जिकिर गरे । 

अध्यक्ष ओलीले भने, `विश्वव्यापी रूपमा महामारी फैलिरहेको थियो, कतिपय देश अर्थतन्त्र जोगाउनुपर्छ भनेर लागे, कतिपय देशले मास्क लगाउनै दिएनन्, कतिपयले राजनीतिक विषय बनाए  तर हाम्रो देशमा भने सरकारले मानवीय जीवन र स्वास्थ्यलाई पहिलो प्राथमिकता हो भनेर जीवन रक्षालाई प्राथमिकतामा राखेर काम गर्‍यो ।`

देशमा स्वास्थ्य जनशक्तिका साथै अक्सिजन र भेन्टिलेटरको अभावमा पनि सबैले जनताको जीवन बचाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यस्तो अवस्थामा पनि केहीलाई भने बचाउन नसकिएको उनले बताए । कोभिड–१९को संक्रमणकै कारण नेपालका शिक्षा सेवी, उद्योगी एवं समाजसेवी पुष्पबहादुर वरुवालको २०७८ जेठ २४ गते अमेरिकामा निधन भएको सन्दर्भ कोट्याउँदै उनले अमेरिकामा भए केही हुँदैन भन्ने भ्रम धेरै नेपालीमा रहेपनि नेपालको उपचार प्रभावकारी रहेकामा अध्यक्ष ओलीले जोड दिए । रासस

प्रेम सुवालको व्यङ्‌ग्‍य- शब्दकोषमा ‘राजनीति’ भनेको घुस र पक्षपात लेखौँ

इकागज | जेठ २४, २०७९

काठमाडौँ- नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले राजनीति सेवा बन्‍न नसकेकोप्रति...

घनश्याम भुसाललाई कारबाही सिफारिसबारे के भन्छन् ईश्वर पोखरेल र झपट रावल ?

इकागज | जेठ २४, २०७९

काठमाडौँ- नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घनश्याम भुसाललाई अनुशासन आयोगले कारबाही सिफ...

मुस्ताङ जिससमा एमालेको प्यानल नै निर्विरोध, कांग्रेसले उम्मेदवारी नै दिएन

इकागज | जेठ २४, २०७९

पोखरा- जिल्ला समन्वय समिति मुस्ताङमा एमाले उम्मेदवार सर्वसम्मत निर्वाचित भएका छन् । कांग्रेसले उम्मेदवारी न...

आधुनिकताको नाममा हुने धर्म परिवर्तनले मुलुक संकटमा : अध्यक्ष थापा

इकागज | जेठ २३, २०७९

जनकपुरधाम - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आधुनिकताको नाममा नेपालको धर्म र संस्कृत...

बजेट भूमि व्यवस्था सुधार गर्ने भन्दा पनि केही मान्छेको भुँडी सुधार हुने गरी आयो : शान्ता चौधरी

इकागज | जेठ २३, २०७९

काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सचेतक शान्ता चौधरीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको...

भीम रावल भन्छन् : कमजोरीको गम्भीर समीक्षा गरौँ, उल्टो बाटो हिँड्दा झन् पराजय हुनसक्छ

इकागज | जेठ २३, २०७९

काठमाडौँ - नेकपा एमालेका नेता डा. भीम रावलले कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुप...

विष्णु रिजाल भन्छन् - कांग्रेसको सती जान प्रतिस्पर्धा गरिरहेकाहरूसँग वाम एकताको चर्चा गर्नु निरर्थक

इकागज | जेठ २२, २०७९

काठमाडौँ - नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले कांग्रेसको सती जान प्रतिस्पर्धा गरिरह...

मकवानपुरबाट संघीय सरकारको मन्त्री बनेका खतिवडाले पद छाड्नुपर्‍यो

इकागज | जेठ २२, २०७९

मकवानपुर - जनआन्दोलन २०६२/०६३ पछि मकवानपुरबाट संघीय सरकारमा पहिलो पटक मन्त्रीको प्रतिनिधित्व गरेका बिर...