असन्तुष्टिहरू बेला बखत बालेन वा साम्पाङका रूपमा प्रकट हुन्छन् तर उनीहरूले देश बनाउन सक्दैनन् : शंकर पोखरेल

इकागज | जेठ १९, २०७९

काठमाडौँ - नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले देश बनाउनको लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् । बिहीबार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देश बनाउन बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका हुन् । 

दलहरूको गठबन्धनले देश बनाउन नसकिने बताए । जति धेरै दलहरू हुन्छन् उति नै अस्थिरता, राजनीतिक विचलन र वैदेशिक हस्तक्षेप हुने उनको भनाइ छ ।‘दुनियाँमा कतै पनि गठबन्धन र दलहरू मिलेर देश बनाएको हामी सुन्दैनौँ । देश बनाउन राष्ट्रिय शक्ति चाहिन्छ,' उनले भने, 'गठबन्धन राष्ट्र निर्माणका लागि सजिलो हुनै सक्दैन । जति धेरै राजनीतिक दलहरू त्यति धेरै अस्थिरता, नीतिगत विचलन र वैदेशिक हस्तक्षेप हुन्छ। यो नेपाली राजनीतिले भोगिरहेको यथार्थ हो ।' 

महासचिव पोखरेलले स्वतन्त्र व्यक्तिले देश बनाउन नसक्ने भन्दै उनीहरू राजनीतिमा सफल हुन चाहे संस्थागत प्रक्रियामा जोडिनुपर्ने बताए । 'असन्तुष्टिहरू बालेन वा साम्पाङका रूपमा बेला बखत प्रकट हुन्छन् । तर त्यो राज्य सञ्चालकको प्रवृत्ति होइन,' उनले भने, 'राजनीतिमा नो भोटको प्रवृत्तिका रूपमा त्यस्ता पात्र, प्रवृत्तिहरू देखा पर्छन् । दलहरूले मुलुकलाई सही प्रकारको विकल्प दिन नसक्दा मतदाताले विद्रोह गरे र स्वतन्त्र व्यक्तिहरू विजेता बनेका छन् । उनीहरू साच्चै राजनीतिमा सफल हुन चाहान्छन् भने संस्थागत प्रकृयामा जोडिनु जरुरी छ । एक्लै समाज बदल्छु भन्ने कुरा यो न हिजो सम्भव भएको थियो न भोलि सम्भव हुन्छ ।'

राप्रपाको प्रस्ताव- पूर्ण समानुपातिक संसद्, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावक राजा

इकागज | जेठ १९, २०७९

काठमाडौं - राप्रपाले देशको अभिभावकमा राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको शासकीय स्वरूपको प्...

जीवनराम श्रेष्ठको प्रश्न : काठमाडौँलाई राजधानी जस्तो बनाउन यहिँबाटै प्रधानमन्त्री बन्नुपर्ने हो ?

इकागज | जेठ १९, २०७९

काठमाडौँ- एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले काठमाडौँ देशकै राजधानी जस्तो बन्न नसकेको बताएका छन् ।&nb...

अर्थमन्त्री शर्मालाई ज्ञवालीको प्रश्‍न : आजको हाम्रो उत्पादक शक्तिको मुख्य बाधक के हो ?

इकागज | जेठ १९, २०७९

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद् प्रदीप ज्ञवालीले बजेट ल्याउँदा अर्थमन्त्री जनार्दन...

ललितपुर जिसस प्रमुखमा कांग्रेसका ऋषिदेव, उपप्रमुख माओवादीका थिङ

इकागज | जेठ १९, २०७९

ललितपुर- ललितपुरको जिल्ला समन्वय समिति (जिसस) को प्रमुखमा ऋषिदेव फुयाँल निर्विरोध निर्वाचित भएका छन् । ...

बिग्रे पनि सप्रे पनि अझ कयौं दशकसम्म दलहरूले नै देश चलाउने हो : प्रचण्ड

इकागज | जेठ १८, २०७९

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रले गर्ने जस्तो व्यवहा...

राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, पूर्वअध्यक्षरू जबरा र लोहनी सहभागी

इकागज | जेठ १८, २०७९

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक काभ्रेको धुलिखेलमा रहेक...

एमालेका मेयर हराउन भूमिका खेलेको भन्दै कास्कीका तीन जना निलम्बित

इकागज | जेठ १८, २०७९

पोखरा - पोखरा महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार कृष्ण थापालाई हराउन भूमिका खेलेको भन्दै नेकपा...