ओलीले संसदमा गरेको भाषण सत्ताबाट बाहिरिँदाको कुण्ठा: विश्वकर्मा

इकागज | जेठ १२, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले संसदमा गरेको भाषण सत्ताबाट बाहिरिँदाको कुण्ठा भएको बताएका छन् ।  

प्रतिनिधि सभामा पूर्वप्रधानमन्त्री ओलीको सम्बोधनपछि सञ्चारकर्मीहरुसँग बोल्दै  उनले यस्तो बताएका हुन् । उनले सरकारको नीति तथा कार्यक्रमका विषयमा भन्दा पनि अदालतको आदेशका विषय आफ्ना कार्यकर्तासँग बसेर गफ दिएको जस्तो भएको टिप्पणी गरे । विश्वकर्माले ओलीले हुँदै नभएका कुरालाई उखान टुक्कासँग जोडेर गफ र कुण्ठा पोखेको बताए । 

उनले भने,‘ आफ्ना कार्यकर्तासँग बसेर गफ गरे जस्तो गरेर सत्ताबाट बाहिरिँदाका कुण्ठा र पूर्वाग्रह पोख्ने काम भयो । कहाँको नीति तथा कार्यक्रम छ कहाँ अदालतको आदेश छ । हुँदै नभएको कुरालाई जोडेर उखान टुक्कासँग जोडेर गरेका गफ र कुण्ठा अभिव्यक्त गर्ने कुरालाई लिएर हामीले आधार बनाउन मिल्दैन । प्रमुख प्रतिपक्ष दलले नीति तथा कार्यक्रम प्रतिको टिप्पणी हो । त्यो गर्नु भएको छ त्यसलाई सामान्य रुपमा लिन्छौं ।’

सांसद् विश्वकर्माले पूर्वप्रधानमन्त्री ओलीको भाषण प्रमुख प्रतिपक्ष दलले सरकारको नीति तथा कार्यक्रम प्रतिको टिप्पणीका रुपमा सरकारले लिने बताए । 

ओलीको प्रश्‍न : बुढीगण्डकी नेपालकै लगानीमा बनाउने कुरा गफै त हो सम्धी ?

इकागज | जेठ १२, २०७९

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बुढीगण्डकी जलविद्युत आयोजना नेपालक...

ओलीको च्यालेन्ज : मैले जसरी सबै सम्पत्ति राज्यलाई दिने कोही निस्किनुस् न

इकागज | जेठ १२, २०७९

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री र नेताहरूलाई आफुल...

एमालेको कार्यक्रमलाई हटाउने कांग्रेससँग आँट रहेनछ, मिल्छ भने संशोधन गरेर हटाए हुन्छ : ओली

इकागज | जेठ १२, २०७९

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा नेपाली कांग्रे...

विदेशबाट सहायक मन्त्री आउँदा सरकार थरथर भएर तीन दिन काम ज्वरो हट्‌दैन : ओली

इकागज | जेठ १२, २०७९

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट एउटा सहायक मन्त्री नेपाल ...

चितवनमा बोरामा हालेर मान्छे फालेको सम्झिएर जनताले थरथर काँपेर भोट हाले : ओली

इकागज | जेठ १२, २०७९

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई जनताले भोट नहाले ...

देउवाको गृहनगरको कुरा गर्दै ओलीले भने- लोकतन्त्रमा योभन्दा हरिविजोग अरु के हुन्छ र ?

इकागज | जेठ १२, २०७९

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा सत्ता गठबन्‍धनले पैसा ...

नीति तथा कार्यक्रमको शब्द अर्थ न बर्थ गोविन्द गाइ भने जस्तो छ : ओली

इकागज | जेठ १२, २०७९

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम अर्थ न ब...

ओलीको प्रश्‍न : प्रतिपक्षलाई सिद्‌याउँछु भन्‍ने हक कहाँबाट आयो ?

इकागज | जेठ १२, २०७९

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा प्रतिपक्षलाई स...

ओलीको प्रश्‍न :१४ दिनसम्म मत परिणाम आएन, निर्वाचन कसरी स्वच्छ भयो ?

इकागज | जेठ १२, २०७९

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा १४ दिनसम्म मत...