प्रदेश नं १ : ३२० जना कोभिड संक्रमित थपिए

इकागज | माघ १, २०७८

काठमाडौँ -  पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ३२० जनामाकोभिड सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ५८९ जनाको पीसीआर परीक्षण गर्दा २७२ र २६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जनामा सङ्क्रमण भएको जनाएको छ ।

पीसीआर परीक्षणका आधारमा मोरङमा १२९ मध्ये विराटनगरमा ११३, सुनसरीमा १११, झापामा १९, धनकुटामा तीन र प्रदेश बाहिरका १० जनामा सङ्क्रमण भएको हो । स्थानीय पालिकाअनुसार मोरङको बूढीगङ्गामा आठ, रङ्गेली र सुन्दरहरैचामा दुई–दुई, ग्रामथान, उर्लाबारी, कटहरी र पथरी शनिश्चरेमा एक–एक, सुनसरीको धरानमा ८७, इटहरीमा १४, रामधुनीमा चार, दुहबी र हरिनगरमा दुई–दुई, इनरुवा र स्थानीय तह नखुलेका एक–एक, झापाको भद्रपुुरमा पाँच, विर्तामोडमा तीन, मेचीनगरमा दुई, बुद्धशान्ति, अर्जुनधारा, बाह्रदशी, दमक, गौरादह, झापा गाउँपालिका र स्थानीय तह नखुलेका एक–एक, धनकुटाको धनकुटा नगरपालिकामा तीन जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा आजै तीन महिलासहित १२ जनाकोभिड सङ्क्रमणमुक्त भएका छन् । रासस

यस्तो छ बराहपोखरीको सामाजिक सुरक्षाभत्ता अनियमितता प्रतिवेदन

इकागज | माघ १, २०७८

खोटाङ- खोटाङको बराहपोखरी गाउँपालिकामा भएको सामाजिक सुरक्षाभत्ता अनियमिततासम्बन्धी छानविन प्रतिवेदन सार्...

डा. यादवले पाए बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानको जिम्मेवारी

इकागज | पुस ३०, २०७८

काठमाडौँ- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका&n...

प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक शर्मालाई नहटाउन माग गरिएको रिट खारेज

इकागज | पुस २७, २०७८

विराटनगर -  मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको वर्तमान सरकारले खारेज गरेको प्रदेश १ को प्रादेश...

एमाले ताप्लेजुङ अध्यक्षमा भूपेन्द्र र बलबहादुरबीच प्रतिस्पर्धा हुँदै

इकागज | पुस २६, २०७८

ताप्लेजुङ- एमाले ताप्लेजुङको नयाँ नेतृत्वका लागि आज १२ बजेदेखि मतदान हुने भएको छ । प्रमुख निर्वाचन अधि...

प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक शर्मालाई नहटाउने अन्तरिम आदेशलाई निरन्तरता

इकागज | पुस २५, २०७८

विराटनगर - उच्च अदालत विराटनगरले वर्तमान सरकारले खारेज गरेको प्रदेश १ को प्रादेशिक संचार प्रतिष्ठानका क...