मोतीराम बन्यो ‘ए’ डिभिजन लिग विजेता

इकागज | पुस २४, २०७८

विराटनगर - मोरङ जिल्लास्तरीय ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मोतीराम स्पोर्टिङ क्लब लिग विजेता बनेको छ । टेकबहादुर लिम्बूको ह्याट्रिकले मोतिरामलाई लिग विजेताको सुनिश्चितता गराएको हो ।

मोरङ जिल्ला फुटबल संघको आयोजनामा शनिबार विराटनगरको शहिद मैदानमा सम्पन्न फाइनल खेलमा मोतीरामले उर्लाबारी स्पोर्टिङ क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । 

खेलको १८औं मिनेटमा टेकबहादुर लिम्बूले पहिलो गोलबाट मोतीरामलाई अग्रता दिलाएका थिए । ४१औं मिनेटमा पुनः टेकबहादुरले टिमका लागि दोस्रो गोल गरे ।पहिलो हाफको निर्धारित अन्तिम ४५औं मिनेटमा उर्लाबारीका लागि सौरज राउतले गोल फर्काएर मोतिरामलाई रोक्ने प्रयास गरेका थिए । तर दोस्रो हाफमा उर्लाबारी खेलमा फर्किन नसक्दा ७० औं मिनेटमा टेक बहादुरले तेस्रो गोल गर्दै मोतिरामलाई जिल्ला स्तरीय ‘ए’ डिभिजन लिग विजेता गराए । उनले खेलको म्यान अफ द म्याच बन्दै नगद पाँच हजार रुपैयाँ प्राप्त गरेका थिए । 

प्रतियोगिताको विजेता मोतीरामले नगद ५० हजार रुपैयाँ प्राप्त गरेको छ । विजेता टोलीलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले ट्रफी हस्तान्तरण गरे । त्यसैगरी उपविजेता उर्लाबारीले नगद २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । 

प्रतियोगितामा विजेता मोतीराम र उपविजेता उर्लाबारीसहित नवप्रगतिशील क्लव, साइनो स्पोर्टिङ क्लव, युनाइटेड स्पोर्टिङ क्लव, बेलबारी फुटबल क्लव, श्री हरैंचा स्पोर्टिङ क्लव र सम्राट स्पोर्टिङ क्लव गरी आठ वटा क्लवको सहभागीता रहेको थियो । 

धेरै शुल्क लिएपछि नोबेल मेडिकल कलेजविरुद्ध विद्यार्थीको आन्दोलन (फोटो फिचर)

बाबुराम भण्डारी | पुस २३, २०७८

विराटनगर - विराटनगरस्थित नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा आन्दोलनरत विद्यार्थीहरूले&nbs...

किर्ते कागज बनाएर अमेरिका जान लागेका गाउँपालिका अध्यक्ष शेर्पामाथि कारबाहीकाे माग

इकागज | पुस २३, २०७८

संखुवासभा- किर्ते कागज बनाएर अमेरिका जान लागेका चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्व शेर्पा...

किर्ते आरोपी उपकुलपतिले मुद्दा हालेपछि उपचार छाडेर अदालत धाउँदै डाक्टरहरू

अतिन आचार्य | पुस २३, २०७८

काठमाडौँ-  'भुइँ मानिस उपचार गर्ने र पढ्न आउने वीपी कोइराला स्वास्थ्य विज्ञानमा प्रतिष्‍ठानम...

आगलागीमा तीन घर जले

इकागज | पुस २२, २०७८

पाँचथर- फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा बुधबार बेलुकी आगलागी हुँदा तीन घर जलेका छन् । बरभञ्ज्य...

बढी शुल्क लिएको भन्दै नोबेल मेडिकल कलेजमा तालाबन्दी (भिडियाेसहित)

बाबुराम भण्डारी | पुस २१, २०७८

विराटनगर - आन्दोलनरत विद्यार्थीहरुले विराटनगरको नोबेल मेडिकल कलेजमा तालाबन्दी गरेका छन् । विद्य...

प्रधानमन्त्री रोजगारमा अनियमितताको आशंका, अख्तियारले लियाे सबै बिल भर्पाई नियन्त्रणमा

इकागज | पुस २१, २०७८

उदयपुर- अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीको टोलीले बेलका नगरपालिकामा संचालित प्रधानमन्त्री र...