पाँच राजनीतिक दलका प्रमुख एउटै वडाका

इकागज | मंसिर ११, २०७८

खोटाङ- खोटाङ हलेसी तुवाचुङ नगरपालिकामा पाँच राजनीतिक दलका प्रमुख एउटै वडाका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी)को नगर कमिटी अध्यक्ष सबै एउटै वडाका हुन् । पाँचै पार्टीले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका नेताहरूलाई नगर कमिटीको प्रमुखको जिम्मेवारी सुम्पिएका छन् । 

एमालेले दुर्छिमका डिल्ली चाम्लिङ, कांग्रेसले चक्रकुमार राई, माओवादी केन्द्रले राजुबिक्रम चाम्लिङ, जनता समाजवादी पार्टीले मबिन्द्र राई र नेकपा (एकीकृत समाजवादी)ले मकर राईलाई नगर कमिटिको अध्यक्ष बनाएको छ ।  

१ चैत ०७५ संघीय समाजवादी फोरम (हाल जनता समाजवादी पार्टी)ले दुर्छिमका मबिन्द्रलाई नगर कमिटीको अध्यक्ष चुनेको थियो । संघीय समाजवादी र नयाँ शक्ती मिलेर बनेको संघीय समाजवादीले २७ जेठ ०७६ मा र जसपासँग मिलेर बनेको जनता समाजवादीले पनि २७ भदौ ०७७ मा मबिन्द्रलाई नगर कमिटी अध्यक्षमा निरन्तरता दियो । त्यसपछि संयोगवश वा नियतवश क्रमशः अन्य दलले पनि दुर्छिमकै नेतालाई नगर कमिटीको अध्यक्ष चयन गरेका हुन् । 

११ वडा रहेको नगरपालिकामध्ये दुर्छिमको प्रतिनिधित्व राजनितीमा बढी भएका कारण सबैजसो पार्टीले दुर्छिमका नेतालाई नगरको नेतृत्वमा विश्वास गरेको जसपाका नगर अध्यक्ष राईले बताउँछन् । ‘दुर्छिमकै डिल्लीसेर राई, नयनकुमार राई जस्ता नेताले २०२६ सालमा दुर्छिम मावि स्थापना गर्नु भयो । विद्यालय स्थापना भएपछि यहाँका नागरिक शिक्षित भए । राजनैतिक चेतनाको विकास भयाे, राजनीतिप्रति चासो जगाए,’ उनले भने, ‘संख्यात्मक हिसाबले राजनीतिमा यहीँकै मान्छे बढी सहभागी हुन पुगे । यही कारण सबै दलको नेतृत्व दुर्छिमले पाएको जस्तो लाग्छ ।’ 

सञ्चार प्रतिष्ठान र पर्यटन बोर्ड खारेज गर्ने प्रदेश सरकारको निर्णय

इकागज | मंसिर ९, २०७८

विराटनगर - प्रदेश १ सरकारले प्रादेशिक सञ्चार प्रतिष्ठान र प्रदेश पर्यटन बोर्ड खारेज गरेको छ । बिहीबार (आज...

रोङ गाउँपालिका अध्यक्ष राई कांग्रेस क्षेत्रीय सभापतिमा निर्वाचित

इकागज | मंसिर ८, २०७८

इलाम- नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा समशेर राई निर्वाचित भएका छन् । उनी २ सय ...

कांग्रेसको महाधिवेशन : झापाका ५ निर्वाचन क्षेत्रमा को-को जिते, को-को हारे ?

इकागज | मंसिर ७, २०७८

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत झापाका ५ वटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भ...