प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै, यस्तो छ अंकगणित

इकागज | मंसिर १, २०७८

विराटनगर- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई आज मंगलबार विश्वासको मत लिँदैछन् । आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिनेछन् ।

सोमबार नै प्रदेशको सत्तासाझेदार कांग्रेसले विश्वासको मत दिने निर्णय गरिसकेको छ । तत्कालीन मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा दिएपछि गत १६ कात्तिकमा राई मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री राइले आफ्नो पक्षमा मत पुग्ने दाबी गरेका छन् ।  

नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र जसपा सम्मिलित ५ दलीय गठबन्धनबाट राई मुख्यमन्त्री हुन् ।  प्रदेशको ५ दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् ।

९३ सदस्यीय प्रदेश सभामा हाल ९२ सांसद छन् । कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद गठबन्धन दलसँग छन् ।

प्रदेशको प्रमुख प्रतिपक्षी दल एमालेसँग ४१ सांसद छन् । जसमा १ सभामुख र १ जना फरार भएका कारण अहिले एमालेसँग ३९ जना मात्रै रहेका छन् । राप्रपासँग पनि १ मत रहेको छ ।

बन्दले सांसदहरू सदन आउन नसकेकाे भन्दै प्रदेशसभा स्थगित गर्न एमालेको माग

इकागज | कात्तिक ३०, २०७८

 विराटनगर- प्रदेश १ को प्रदेशसभाको आजको बैठक स्थगित गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आग्...

प्रदेश १ का मुख्यमन्त्री राई आज विश्वास लिँदै, सांसदलाई होटलमा बोलाएर ह्वीप जारी

इकागज | कात्तिक ३०, २०७८

विराटनगर- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई आज मंगलबार विश्वासको मत लिँदैछन् । मध्याह्न साढे १२ बजे बस्...

राजेन्द्र राईलाई विश्वासको मत दिने सांसद होटलमा भेला

बाबुराम भण्डारी | कात्तिक २९, २०७८

विराटनगर - प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सत्ता पक्षका सांसदहरूलाई  विराटनगरको एक व्यवस्थित ...

कोइरालाको नेतृत्वमा बन्यो राजनीतिक संयन्त्र, थापाको नेतृत्वमा न्यूनतम् साझा कार्यक्रम लेखिँदै

बाबुराम भण्डारी | कात्तिक २९, २०७८

विराटनगर - सरकार संचालन र सत्ता गठबन्धनमा रहेका दलबीचको सम्बन्धलाई अगाडि बढाउन भन्दै प्रदेश १ मा सरकारम...