प्रदेश १ को नामाकरण मेरै कार्यकालमा हुन्छ : राजेन्द्र राई

इकागज | कात्तिक २३, २०७८

संखुवासभा – प्रदेश १ का  मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामाकरण आफ्नै कार्यकालमा पूरा गर्ने बताएका छन् । गृह जिल्ला भोजपुर पुगेर विराटनगर फर्किने क्रममा मंगलबार बिहान संखुवासभाको तुम्लिङटारमा पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।

नामाकरणका लागि पहिचान बोकेका कोशी, किराँत र सगरमाथाबाट छलफल प्रारम्भ गरिने उनले बताए । नामाकरणका लागि प्रतिपक्षी दल एमालेसँगसमेत छलफल गर्ने उनको भनाइ छ । प्रदेश १ को नामाकरण पहिचानका आधारमा हुनसक्ने समेत उनको भानइ छ ।

प्रदेशको नामारण बहुपहिचानको आधारमा सहमतिबाट टुंगो लगाउनेबारे दलका प्रमुखसँग छलफल थाल्ने उनले बताए । विगतका सरकारले संसदमा छलफल, प्रयास नगरेका कारण प्रदेशको नामाकरण अहिले सम्म हुन नसकेको उनले बताए । पूर्वमुख्यमन्त्री शेरधन राईको सरकारले  प्रदेशको नामाकरणका लागि पहल नै नगरेको उनले आरोप लगाए । प्रदेशको नामाकरण प्रस्ताव प्रदेश सभाको दुई तिहाइ मतबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संघीयता जारी भएको सात वर्ष पूरा हुँदा पनि प्रदेश १ को नामाकरण हुन नसकेको भन्दै स्थानीय जनता नेतृत्वप्रति असन्तुष्ट रहँदै आएका छन् । 

प्रधानमन्त्री रोजगारको पैसा कीर्ते बिल भरपाई बनाएर अनियमितता

इकागज | कात्तिक २३, २०७८

उदयपुर- उदयपुरको बेलका नगरपालिकामा प्रधानमन्त्री रोगजार कार्यक्रमको रकम अनियमितता भएको छ । प्रधानमन्त्री ...

मोरङको सुन्दरहरैंचा नगरपालिकाले तोक्यो देउसीभैलोको दक्षिणा दर

इकागज | कात्तिक १८, २०७८

विराटनगर - मोरङको सुन्दरहरैंचा नगरपालिकाले तिहारमा खेलिने देउसीभैलोमा नगर क्षेत्रभित्र दक्षिणाको दररेट...

आचार्य नेतृत्वको सरकारले गरेको काममा बिषयमा पुनरावलोकन हुन्छ: मुख्यमन्त्री राई

इकागज | कात्तिक १८, २०७८

काठमाडौँ - प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले भीम आचार्य नेतृत्वको प्रदेश सरकारले गरेको काममा ...

ओलीका कारण देशको परिवर्तन धरापमा पर्‍यो : पूर्वमन्त्री कार्की

इकागज | कात्तिक १७, २०७८

उदयपुर- नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री प्रदेश १ का इन्चार्ज राम कार्कीले एमाले अध्यक्ष केपी...

एक साता माओवादीको अपहरणमा परेका राई माओवादीकै समर्थनमा मुख्यमन्त्री बने

इकागज | कात्तिक १७, २०७८

मोरङ- प्रदेश नं १ मा तीन वर्ष नौ महिनाको अवधिमा आज तेस्रो मुख्यमन्त्रीका रूपमा नेकपा (एकीकृत समाजवादी) ...

कात्तिक २६ भित्र विश्वासको मत लिने नवनियुक्त मुख्यमन्त्री राईको दाबी

बाबुराम भण्डारी | कात्तिक १६, २०७८

विराटनगर - प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले गठबन्धन सरकार आलोपालो सञ्चालनका लागि संयन्त्र ...