आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा सशस्त्र प्रहरीका सईको मृत्यु

इकागज | मंसिर २, २०७८

सुनसरी- आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा सशस्त्र प्रहरी बलका नायव निरीक्षक (सई) सन्तोष बस्नेतको मृत्यु भएको छ । 

कोशी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी र धरान बीचमा पर्ने सेउती खोलामा दक्षिणतर्फ जाँदै गरेको सरकारी मोटरसाइकल अनियन्त्रित हुँदा सोलुखुम्बुको दूधकोशी गाउँपालिका-१  घर भई सशस्त्र प्रहरी बेस क्याम्प डङ्ग्राहा मोरङमा कार्यरत सई बस्नेतको मृत्यु भएको हो । 

बुधबार राति पाैने ९ बजे को १ व २४३८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । 

अस्पताल पुर्‍याउन साथ डाक्टरले मृत घोषणा गरेको ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रवक्ता प्रहरी नायव उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए ।  

विद्यावारिधि र एमफिल गर्नेलाई खोटेहाङ गाउँपालिकाको छात्रवृत्ति

इकागज | मंसिर १, २०७८

खोटाङ - खोटेहाङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने पालिकाभित्रका शोधकर्ता विद्यार्थीलाई छात्रवृत्ति प्रदा...

प्रदेश १ को प्रदेशसभा बैठक सुरू, राईलाई विश्वासको मत नदिन एमालेको ह्वीप

इकागज | मंसिर १, २०७८

विराटनगर- प्रदेश १ को प्रदेशसभा बैठक सुरू भएको छ । यही बैठकमा आज मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको म...

प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै, यस्तो छ अंकगणित

इकागज | मंसिर १, २०७८

विराटनगर- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई आज मंगलबार विश्वासको मत लिँदैछन् । आज बिहान ११ बजे बस्ने ...