प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एसका राजेन्द्रकुमार राईको दाबी पेस

इकागज | कात्तिक १५, २०७८

काठमाडौँ - प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी (एस) का राजेन्द्रकुमार राईले दाबी पेस गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारीले सरकार गठनको आव्हान गरेसँगै विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा राईले दाबी पेस गरेका हुन् । 

विपक्षी गठबन्धनले प्रदेश प्रमुखको कार्यालयमा पुगेर ४९ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेस गरेको हाे। 

एमालेबाट प्रदेश १ का मुख्यमन्त्री बनेका भीम आचार्यले प्रदेश प्रमुखसमक्ष आजै राजीनामा दिएसँगै प्रदेश प्रमुख अधिकारीले सरकार गठनका लागि आव्हान गरेका थिए । सरकार गठनकाे दाबी पेसका लागि मंगलबार दिउँसो १ बजेसम्मका लागि समय दिइएको छ । 

प्रदेश १ मा ९२ सांसद सासद छन् ।  एमालेसँग सभामुखसहित ४१ सांसद छन् । कांग्रेसका २१,  माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादीका ३ जना, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक र राप्रपाको एक सांसद छन् । 

प्रदेश १ का मुख्यमन्त्री आचार्यले बुझाए राजीनामा पत्र

बाबुराम भण्डारी | कात्तिक १५, २०७८

विराटनगर - प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष राजीनामा पत्...

कामको चापले विश्‍वासको मत लिन नपाएको भन्दै आचार्यले भने : लडाइँ झगडा नगरौं, जुवारी पनि जरुरी छैन

इकागज | कात्तिक १५, २०७८

विराटनगर - प्रदेश १ को प्रदेश सभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री भिम आचार्यले विश्वासको मत लिने कार्यस...

मुख्यमन्त्री आचार्यविरुद्ध मतदान गर्न कांग्रेसको ह्वीप

इकागज | कात्तिक १५, २०७८

विराटनगर- नेपाली कांग्रेस प्रदेश १ संसदीय दलले मुख्यमन्त्री भीम आचार्यविरुद्ध मतदान गर्न आफ्ना सांसदहरूमा ...

विश्‍वासको मत नपाउने भएपछि राजीनामा दिँदै मुख्यमन्त्री आचार्य

इकागज | कात्तिक १५, २०७८

काठमाडौँ- प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् । आजको प्रदेशसभाको बैठकमा आच...

पूर्वराजाका शक्ति सलबलाउन थाले, माओवादी शक्ति केन्द्रित हुनुपर्छ : नेता कार्की

इकागज | कात्तिक १५, २०७८

उदयपुर- नेकपा (माओवादी केन्द्र) का नेता तथा प्रदेश १ का इन्चार्ज राम कार्कीले माओवादी केन्द्रको एजेन्डा गण...