माओवादीबाट विजयी धनकुटाका दुई वडाध्यक्ष पार्टीबाट निष्काशित

इकागज | कात्तिक २४, २०७८

धनकुटा – नेकपा माओवादी केन्द्रबाट विजयी धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मी नगरपालिकाका एक, एक जना वडाध्यक्ष पार्टीबाट निष्काशित भएका छन् । माओवादी केन्द्रले धनकुटा नगरपालिका ९ बेलाहाराका वडाध्यक्ष मनोज रायमाझी (सन्दीप) र महालक्ष्मी नगरपालिका ३ का वडाध्यक्ष भरत थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।

रायमाझी र थापा दुवै अन्य पार्टी प्रवेश गरेका कारणले पार्टीको विधानको धारा ५७ को (ञ) अनुसार पार्टीबाट निष्काशन गरिएको माओवादी धनकुटाका संयोजक ऋषिराम ढुंगानाले बताए । उनीहरूलाई वडाअध्यक्ष पदबाट पनि हटाउन जिल्ला कमिटीले गरेको सिफारिस प्रदेश कमिटीमार्फत केन्द्रमा पुगेपछि निर्वाचन आयोगलाई जानकारी गराइने र आयोगले उनीहरूको पद खारेज गर्ने कानुनी व्यवस्था छ ।

पार्टीविरोधी गतिविधि गरेपछि पटक–पटक लिखित स्पष्टीकरण लिइएको तर पार्टी विरोधी गतिविधि नरोकिएपछि विधि प्रक्रिया पूरा गरेर पार्टीबाट निष्काशनको निर्णय गरिएको जिल्ला संयोजक ढुंगानाले जानकारी दिए । महालक्ष्मी ३ का वडाध्यक्ष थापा ९ कात्तिकमा एमाले प्रवेश गरी एमाले महालक्ष्मी नगर कमिटीको सचिव बनेका छन् भने धनकुटा ९ वडाध्यक्ष रायमाझी एमालेको गतिविधिमा सक्रिय रहेका छन् ।


 

विराटनगरको छठ रौनक : नदी, तलाउ र नहर किनारबाट अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै (फोटो फिचर)

बाबुराम भण्डारी | कात्तिक २४, २०७८

विराटनगर - अस्ताउँदो सूर्यलाई अर्घ्य दिन भक्तजनहरु विराटनगरका नदी, तलाउ र नहर किनारमा पुगेका छन् । उनीह...

अभिषेक गिरीलाई रोक्न आन्दोलन गर्ने चौकीदार गुरुङसहित १४ कैदीको सरुवा

बाबुराम भण्डारी | कात्तिक २३, २०७८

विराटनगर – मोरङ कारागारभित्र मंगलबार भएको झडपका क्रममा घाइते भएका चौकीदार किरण गुरुङसहित उनकै...

अरुण नदीमा चाँडै पक्की पुल बन्ने प्रदेश १ का मुख्यमन्त्री राईको प्रतिबद्धता

इकागज | कात्तिक २३, २०७८

संखुवासभा – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले अबको केही समयमा नै अरुण नदीमा पक्की पुल बन्ने ...