प्रदेश १ : चार मन्त्रीसहित एक राज्यमन्त्रीले लिए शपथ

बाबुराम भण्डारी | कात्तिक १६, २०७८

विराटनगर । प्रदेश १ का नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी ले नवनियुक्त पाँच मन्त्रीहरुलाई पद तथा गापनियताको शपथ गराएका हुन् । 

मन्त्रीहरु केदार कार्की, हिमाल कार्की, इन्द्रबहादुर आङ्बो, जयराम यादव र राज्यमन्त्रीमा विष्णु तुम्बाहाम्फेले पद तथा गोपनियताको शपथ लिएका छन् । 


गठबन्धन दलबाट चार मन्त्री र एक राज्यमन्त्री बनेका छन् । मुख्यमन्त्री राजेन्द्रकुमार राईले पनि केहीबेर अघि शपथ लिएका थिए । 

गठबन्धन दलका तर्फबाट कांग्रेसबाट आन्तरिक मामिला तथा कानुन मन्त्रीमा केदार कार्की, भौतिक पूर्वाधार विकास मन्त्रालयमा हिमाल कार्की मन्त्री भएका छन् ।


यस्तै माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो र सामाजिक विकास मन्त्रीमा जसपाका जयराम यादव भएका छन् । त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकाविष्णु तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री भएकी छिन् ।  

प्रदेश १ : एक राज्‍यमन्त्रीसहित ६ सदस्यीय मन्त्रिपरिषद्, केहीबेरमा शपथ

बाबुराम भण्डारी | कात्तिक १६, २०७८

विराटनगर - प्रदेश-१ मा ६ सदस्यीय मन्त्रिपरिषद् विस्तार हुने भएको छ । गठबन्धन दलहरूबीच भएको छलफ...

प्रदेश १ मा पाँच सदस्यीय मन्त्रिमण्डलको सपथ आज, नाम टुङ्ग्याउन सकस

इकागज | कात्तिक १६, २०७८

विराटनगर- प्रदेश १ मा नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धनले आज सरकार बनाउँदैछ । गठबन्धनले मुख्यमन्त्...

मुख्यमन्त्री बनिनसक्दै राईले केक काटेर बियर उडाउँदै उत्सव मनाए

इकागज | कात्तिक १६, २०७८

सुनसरी- प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका राजेन्द्र राईले केक काट्दै वियरसहितको पाटी दिएका छन् ...

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एसका राजेन्द्रकुमार राईको दाबी पेस

इकागज | कात्तिक १५, २०७८

काठमाडौँ - प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी (एस) का राजेन्द्रकुमार राईले दाबी पेस ...