कांग्रेस महाधिवेशन: विराटनगर सभापतिमा दीपक चापागाईं

इकागज | असोज १७, २०७८

काठमाडौँ - नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्‍तर्गत विराटनगर महानगरको सभापतिमा दीपक चापागाईं निर्वाचित भएका छन् । आइतबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार चापागाईं २१२ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । सभापति दाबेदार सन्तोष न्यौपानेले १६५, कृष्ण कार्कीले १३३ र अरुण न्यौपानेले १२७ मत प्राप्त गरे । शनिबार भएको निर्वाचनमा ६६४ मत खसेको थियो ।

चापागाईंले देउवा पक्षका एक र देउवाइतर पक्षका दुई उम्मेदवारलाई पराजित गरेका हुन् । उनी कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला निकट हुन् ।

उपसभापतिमा निरोज कोइराला र इन्दु सुवेदी, सचिवमा झुमा निरौला र तेजेन्द्र भट्टराई, सहसचिवमा सचिन पोखरेल र दिवस नेपाल विजयी भएका छन्। नेपाली कांग्रेस विराटनगर महानगरपालिकाको नगरसभापतिमा दीपक चापागाईं निर्वाचित भएका छन ।

विराटनगर महानगर सभापतिमा चार प्रतिष्पर्धी, ७१ सदस्य निर्विरोध

बाबुराम भण्डारी | असोज १६, २०७८

विराटनगर- नेपाली कांग्रेस विराटनगर महानगर सभापतिमा चार जनाबीच आज निर्वाचन हुँदैछ । दीपक चापागाईं, स...

प्रविधिमा आधारित पठनपाठन सञ्चालन गर्न विद्यालयमा इन्टरनेट

इकागज | असोज १५, २०७८

खोटाङ- साकेला गाउँपालिकाका सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट विस्तारको काम सुरु गरिएको...

मुख्यमन्त्री आचार्यले विश्‍वासको मत लिनुअगावै राजीनामा दिनुपर्ने विपक्षी दलको माग

बाबुराम भण्डारी | असोज १४, २०७८

विराटनगर – प्रदेश १ सभाका विपक्षी दलका नेताहरूले मुख्यमन्त्री भीम आचार्यले संसद्‍बाट विश्वासको ...