प्रदेश १ मा ९० जनामा कोभिड संक्रमण

इकागज | कात्तिक ५, २०७८

विराटनगर – प्रदेश १ मा पछिल्लो २४ घण्टाभित्र ३१ महिलासहित ९७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ४ सय ४६ जनाको पीसीआर परीक्षण गर्दा ६३ र १ सय ७६ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको हो । 

झापामा ३३, मोरङमा २०, सुनसरीमा तीन, इलाममा दुई, उदयपुरमा एक र प्रदेश बाहिरका चार जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । स्थानीय तहअनुसार झापाको भद्रपुरमा १०, बिर्तामोडमा नौ, दमक, अर्जुनधारा र शिवसताक्षीमा तीन, तीन, हल्दिबारी र कनकाईमा दुई, दुई र गौरादहमा एक, मोरङको विराटनगरमा १०, सुन्दरहरैचामा चार, कटहरीमा तीन, बेलबारीमा दुई, कानेपोखरीमा एक, सुनसरीको धरानमा तीन, इलामको इलाम नगरपालिका र माइजोगमाइमा एक, एक, उदयपुरको उदयपुरगढीमा एक र प्रदेश बाहिरका चार जनामा संक्रमण देखिएको हो । 

प्रदेशमा शुक्रबार २९ महिलासहित ५३ जना कोभिड संक्रमणमुक्त भएका छन् भने दुई  महिलासहित तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

बाढीले डुबाएपछिको विराटनगर विमानस्थलमा यसरी हुँदैछ सरसफाइ (फोटो फिचर)

इकागज | कात्तिक ५, २०७८

विराटनगर - गत सोमबार र मंगलबार परेको अविरल वर्षाका कारण डुबानमा परेको विराटनगर विमानस्थल भोली शनिबा...

मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने नपाउने छिनोफानो आइतबार

इकागज | कात्तिक ५, २०७८

विराटनगर - प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबारको प्रदेश सभा बैठकमा आफूलाई विश्वासको मत माग गरे...

सरकारसँग मिलेर ट्राभल एजेन्सीमार्फत सिम्रिक र माउन्टेनको मनपरी भाडा असुली

अतिन आचार्य | कात्तिक ५, २०७८

काठमाडौँ- प्रदेश-१ को धरानबाट तिर्थयात्रीलाई ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन गराउन हेलिप्याड नभएको...

एक महिना सत्ता लम्ब्याएपछि प्रदेश १ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

बाबुराम भण्डारी | कात्तिक ५, २०७८

विराटनगरः प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज प्रदेशसभामा विश्वासको मत लिदैँछन् । मुख्यमन्त्री आचार्यले ...

बाढी पहिरोमा परी प्रदेश १ मा ५३ जनाको मृत्यु, ११ जना अझै बेपत्ता

बाबुराम भण्डारी | कात्तिक ४, २०७८

विराटनगर - बेमौसमी वर्षापछिको बाढी पहिरोका कारण प्रदेश १ का विभिन्न जिल्लामा ५३ जनाको मृत्यु भएको छ । ...