धरानमा ७ करोडको खसी-बोका विक्रि

इकागज | कात्तिक १, २०७८

धरान - धरानस्थित कृषि उपज बजार व्यवस्थापन समितिले व्यवस्थापन गर्दै आएको पशुहाटबाट यो वर्षको दसैँमा सात करोड रुपैयाँ बराबरको खसीबोका कारोबार भएको छ । कोरोना महामारीका कारण धरानको पशुहाट गत असोज महिनामा मात्र खुलेको थियो । असोजभरि सात हजार र दसैँमा मात्र तीन हजार खसीबोका बिक्री वितरण गर्दा सात करोडको कारोबार भएको कृषि उपज बजार व्यवस्थापन समितिले जनाएको छ । 

समितिका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार दसैँ अगाडिका दुई हप्तामा दुई करोडको खसीबोका कारोबार भएको थियो । दसैँको मुखमा रु पाँच करोडको कारोबार भएको छ । धरानमा कोशी र मेची करिडोरका जिल्लाबाट खसीबोका बिक्रीका लागि किसानले ल्याउने गरेको व्यवस्थापक भट्टराईले जानकारी दिए ।

 उदयपुर, धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा, पाँचथर, सुनसरी, मोरङलगायत जिल्लाबाट यहाँ खसीबोका बिक्रीका लागि ल्याइन्छ । धरानमा प्रत्येक शुक्रबार धरान–१३ स्थित हाट लाग्ने गरेको छ । किसानले बिहीबार नै खसीबोका ल्याउँछन् ।

 शुक्रबार हाटमा बिक्रीवितरण गरिँदै आएको छ । 'पछिल्लो समय कृषि फार्ममा बाख्रापाल्नेको सङ्ख्या बढेसँगै खसीबोकाको उत्पादन पनि बढेको देखियो । किसानले यो वर्ष दैनिकजसो बिक्रीका लागि खसीबोका ल्याएका छन्' व्यवस्थापक भट्टराईले भने । रासस

प्रदेश १ मा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने सूचना दर्ता भएन

बाबुराम भण्डारी | असोज २४, २०७८

विराटनगर - प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दल विभाजनको ३० दिनभित्र विश्वासको मत नलिएको आरोप ल...

सरकारले आर्थिक विधेयक पास गरेर कालो धनलाई सेतो बनाउने बाटो खोल्यो : नेता नेम्वाङ

इकागज | असोज २३, २०७८

सुनसरी- सरकारले आर्थिक विधेयक पास गरेर कालो धनलाई सेतो बताउन बाटो खुला गरिदिएको नेकपा एमालेका नेता...

मन्त्रीसँग मुख्यमन्त्री साटिएको होइन, नेकपा (एस)लाई दिनु बाध्यता : रक्षामन्त्री रिजाल

इकागज | असोज २३, २०७८

विराटनगर - नवनियुक्त रक्षामन्त्री डा. मीनेन्द्र रिजालले प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री नेकपा समाजवा...

आजदेखि प्रदेश १ को हिउँदे अधिवेशन, मुख्यमन्त्रीले विश्वासको मत लिने मिति अनिश्चित

इकागज | असोज २२, २०७८

विराटनगर- प्रदेश १ को प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । यो अधिवेशन मुख्यमन्त्री...