करेन्ट लागेर महिलाको मृत्यु

इकागज | भदौ १४, २०७८

झापा- अर्जुनधारा नगरपालिका-१० की एक महिलाको करेन्ट लागेर आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ६ स्थित बिहानी टोलमा डेरा गरी बस्ने वर्ष ४५ की सावित्रा विक रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार विद्युत्को पोल मुनी मृत भेटिएकी विकको शरीरको काँधको भागमा ट्रान्सफर्मरको अर्थिङ गरिएको तारले छोएको, काँधको भाग डढेको देखिएको र विद्युत्का कर्मचारीले परीक्षण गर्दासमेत तारमा करेन्ट प्रवाह भएको पाइएकाले करेन्ट लागेर मृत्यु भएको आशङ्का गरिएको हो । मृतकको शव परीक्षणका लागि मेची अस्पताल पठाएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

वीपी स्वास्थ्य विज्ञान प्रतिष्‍ठानको वार्षिकोत्सव 'शुद्धिकरण अभियान'ले विभिन्‍न कार्यक्रम गरी मनाउने

इकागज | भदौ १४, २०७८

काठमाडौँ- वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानको २८औ वार्षिकोत्सवमा अवसरमा वीपी कोइराला स्वास्थ्य ...

प्रदेश १ सरकार ढाल्न विराटनगरमा होटल ‘बुक’ गरेर गोप्य छलफल

बाबुराम भण्डारी | भदौ १३, २०७८

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको सत्ता उल्ट्याउने रणनीति बनाउन भन्दै नेकपा एकीकृत समा...

वडाध्यक्षको कार्यकक्षमा मदिरा सेवन गरिरहेका नेता र शिक्षकलाई स्थानीयले थुने

इकागज | भदौ ११, २०७८

धनकुटा - धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ का वडाध्यक्ष टेकबहादुर घिसिङको कार्यकक्षमा मदिर...