घरायसी विवादमा भाइद्वारा दाजुको हत्या

इकागज | भदौ २५, २०७८

ओखलढुंगा – घरायसी विवादले उग्र रूप लिएपछि भाइले दाजुको हत्या गरेका छन् । शुक्रबार दिउँसो धारिलो हतियार प्रहारबाट ओखलढुंगा खिजिदेम्बा गाउँपालिका–५ ढाडखर्कका ६८ वर्षीय मित्रबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

पुख्र्यौली जमिन अंशबन्डाको विषयमा विवाद बढ्दै जाँदा मित्रका भाइ ६७ वर्षीय शेरबहादुर तामाङ र उनका ३६ वर्षीय छोरा वीरबहादुरले खुकुरी प्रयोग गरी मित्रको हत्या गरेको प्रहरीको भनाइ छ । घटनालगत्तै इलाका प्रहरी कार्यालय खिजिफलाटेबाट खटिएको टोलीले हत्यामा संलग्न दुवै जनालाई खुकुरीसहित पक्राउ गरेको छ ।पक्राउ परेका दुवै जनामाथि अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

तीजले महिलाविरूद्ध हुने सबै प्रकारका विभेद अन्त्य गरोस्ः मुख्यमन्त्री आचार्य

इकागज | भदौ २४, २०७८

विराटनगर - प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले हरितालिका तीजले महिलाविरूद्ध हुने सबै प्रकारका ...

सङ्खुवासभा  हत्या प्रकरण : मृतकको इटहरीमा सामूहिक दाहसंस्कार गरियो

इकागज | भदौ २३, २०७८

सङ्खुवासभा - सङ्खुवासभाको मादी नगरपालिका-१ खोलागाउँमा हत्या गरिएको अवस्थामा फेला परेकाको दाहसंस्कार सु...

कोभिड–१९ को बीमा भुक्तानी नदिने कम्पनीविरुद्ध उच्च अदालत विराटनगरद्वारा कारण देखाउ आदेश

इकागज | भदौ २२, २०७८

विराटनगर - कोभिड १९ को बीमा वापतको रकम भुक्तानी नदिएको भन्दै नेपाल पत्रकार महासंघ मोरङले दायर गरेको ...

अतिरिक्त ट्याङ्की जडान गरेर पेट्रोलियम भारत लाने ट्रक नियन्त्रणमा

इकागज | भदौ २२, २०७८

झापा- पूर्वी नाका काँकडभिट्टामा नेपालबाट भारततर्फ अतिरिक्त ट्याङ्की जडान गरेर पेट्रोलियम पदार्थको लगिरहेक...

सम्झौताअनुसार कोभिड बीमा भुक्तानी नपाएपछि पत्रकार महासंघ मोरङद्वारा मुद्दा दायर

इकागज | भदौ २१, २०७८

विराटनगर – सम्झौताबमोजिम पत्रकारहरूले कोभिड बीमा भुक्तानी नपाएपछि नेपाल पत्रकार महासंघ मोरङले म...