झापाका १५ पालिकामा नेतृत्व चयन

इकागज | असोज ११, २०७८

झापा- नेपाली कांग्रेसको आसन्‍न १४ औँ महाधिवेशन अन्तर्गत यहाँका १५ वटै पालिकामा नयाँ नेतृत्व चयन गरिएको छ ।   चार पालिकामा निर्विरोध र ११ मा आइतबार मतदानबाट कार्यसमिति चयन भएको हो । 

मेचीनगरमा सुवेशकुमार पनेरु, विर्तामोडमा भोजराज सिटौला, अर्जुनधारामा हेमराज खरेल, कनकाईमा दुर्गा प्रसाई, भद्रपुरमा रामबहादुर कँडेल, गौरादहमा यादवराज सेढाई, शिवसताक्षी नगरपालिकामा अशोक बस्नेत निर्वाचित हुनु भएको नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले जानकारी दिए । 

उनका अनुसार बाह्रदशीमा इन्द्र बस्नेत, गौरीगञ्जमा अग्नु राजवंशी, विर्तामोडमा भोजराज सिटौला सभापतिमा निर्वाचित भएका छन् । कमल गाउँपालिकामा बुद्धिराज न्यौपाने र खगेन भण्डारीले ६५/६५ मत ल्याएर बराबरी भएका छन् । उनीहरु मध्ये पहिलो आधा कार्यकालको सभापतिको नेतृत्व बुद्धिराज न्यौपाने र बाँकी कार्यकालको नेतृत्व खगेन भण्डारीले सम्हाल्ने सहमति भएको सभापति थापाले जानकारी दिए । 

यसअघि नै कचनकवलमा तुलाराम अधिकारी, बुद्धशान्तिमा चक्र शेर्मा, हल्दिबारीमा गंगा प्रसाई र झापा गाउँपालिका सागीरथ गणेशलाई सभापतिमा निर्विरोध चयन भएका थिए । रासस

बीपी प्रतिष्‍ठानको बेथितिः अस्पतालमा आईसीयू छैन, इमर्जेन्सीबाटै रिफर हुन्छन् बिरामी

अतिन आचार्य | असोज १०, २०७८

काठमाडौँ- धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा आईसीयूको अभाव भएको छ । आईसीयूको अभा...

कांग्रेस १४औं महाधिवेशन: प्रदेश १ का दुई उपमहानगरमा संस्थापनलाई धक्का

इकागज | असोज १०, २०७८

विराटनगर - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश १ का दुई उपमहानगरपालिकाको नगर अधिवेशनमा पा...