ढुङ्गाले किचेर एक मजदुर मृत्यु

इकागज | भदौ १८, २०७८

ताप्लेजुङ- निर्माणाधीन सानिमा हाइड्रोपावरमा काम गर्ने एक मजदुरको ढुङ्गाले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका–१ का ४४ वर्षीय खगप्रसाद तामाङ रहेका छन् ।

बिहीबार हाइड्रोपावरको भान्सा कोठामा बसिरहेको अवस्थामा माथिबाट ठूलो ढुङ्गा झरेर किचेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरीले कार्यालयका प्रहरी प्रवक्ता कैलाश अधिकारीले जानकारी दिए । जिल्ला अस्पतालमा शव परीक्षणका लागि प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ । मृतक सोही हाइड्रोपावरमा नै खाना पकाउने जिम्मेवारीमा रहेका थिए । रासस

प्रदेश १ का मुख्यमन्त्री आचार्यको नियुक्ती बदर गर्न विपक्षी गठबन्धनको माग

इकागज | भदौ १७, २०७८

विराटनगर : पार्टी विभाजनको प्रक्रिया सुरु भइसकेको अवस्थामा दलका सदस्यहरुको संख्या परीक्षण नगरी एमाल...

सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै विपी प्रतिष्ठानमा फेरी आन्दोलनको चेतावनी

इकागज | भदौ १७, २०७८

विराटनगर । सरकारले आफूहरुसँग गरेको ६ बुँदे सहमति कार्यन्वयन नगरेको भन्दै सुनसरीको धरानस्थित विपी कोइर...

वडाध्यक्षको निधन

इकागज | भदौ १७, २०७८

सुनसरी- गढी गाउँपालिका-१ का वडाध्यक्ष शङ्करप्रसाद चौधरीको निधन भएको छ । उनको विराटनगरको विराट टिचिङ अ...

वीपी स्वास्थ्य विज्ञान प्रतिष्‍ठानको जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीको अध्यक्षमा नेपाली निर्वाचित

इकागज | भदौ १४, २०७८

काठमाडौँ- वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीको अध्यक्षमा डा. पदम...