खोटाङमा कांग्रेस वडा अधिवेशन : ७० वडामा सर्वसम्मत, आठमा निर्वाचन

इकागज | भदौ २१, २०७८

खोटाङ- नेपाली कांग्रेस खोटाङले पार्टीको आसन्‍न १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका एक वडाबाहेक अन्यमा अधिवेशन सम्पन्‍न गरेको छ । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-९ निर्मलीडाँडा बाहेक ७९ वडामा अधिवेशन सम्पन्‍न भएको हो । चुनावका लागि वडा सभापतिको मनोनयन दर्ता गर्ने क्रममा विवाद भएपछि सो वडाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको मतदान अधिकृत घनश्याम आचार्यले जानकारी दिए ।

सत्तरी वडामा सर्वसम्मत र आठमा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिए । 

जिल्लामा छ हजार ८०० क्रियाशील सदस्य रहेको जिल्लाको हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी, खोटेहाङ , साकेला र बराहपोखरी गाउँपालिकामा सर्वसम्मत अधिवेशन सम्पन्‍न भएको हो । 

वडा अधिवेशनबाट वडा सभापतिसहित २३ सदस्यीय कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने कांग्रेस विधानमा व्यवस्था छ । रासस

'बीपी प्रतिष्‍ठानका संघर्षरत समूहका अधिकांश माग पुरा भए,स्वास्थ्य संस्था सेवा सूचारु गर्नू'

इकागज | भदौ २०, २०७८

काठमाडौँ- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानका शुद्धिकरण अभियान-२०७८, संयुक्त संघर्षस...

भ्रममा नपर्नुहोला, जेठ २ लाई यान्त्रिक ढंगले बुझ्नु हुँदैन : ईश्वर पोखरेल

इकागज | भदौ २०, २०७८

विराटनगर - नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीलाई ०७५ जेठ २ मा फर्काउने कुरालाई यान्त्रिक रुपम...