पदमुक्त भएको चार महिनापछि शेरधन राईले फिर्ता गरे सरकारी गाडी

इकागज | पुस १७, २०७८

विराटनगर - प्रदेश १ पूर्वमुख्यमन्त्री शेरधन राईले पदमुक्तकाे चार महिनापछि मात्र सरकारी गाडी फिर्ता गरेका छन् ।  चार महिना अघि मुख्यमन्त्रीबाट हटे पनि सरकारी सेवासुविधा उपभाेग गर्दै आएका राईकाे तीव्र आलाेचना भएपछि उनले गाडी फिर्ता गरेका हुन् ।

उनले काठमाडौंमा गाडी फिर्ता गरेकाे प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले पुष्टि गरे । 'गाडी लिन आउनुहोस् भनेर माननियज्यूले फोन गर्नुभयाे,' दाहालले भने, 'मन्त्रालयबाट ड्राइभर पठाएर अब गाडी ल्याउने तयारी भइरहेको छ ।'

मुख्यमन्त्रीको पदावधि सकिएपछि सेवासुविधाको विषयमा प्रदेश सरकारले अहिलेसम्म कुनै कानुन बनाएको छैन । कानुनमा नै नभएको सेवासुविधा राइले ४ महिना प्रयोग गरे । राईले गत भदौमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । 

उनले को१झ ५६५ नम्बरको गाडी  प्रयोग गर्दै आएका थिए । राईकै कार्यकालमा काठमाडौंमा सम्पर्क कार्यालय खोलिएको थियो । सम्पर्क कार्यालय खाेलिएकाे विषयमा चर्काे विरोध भएपछि निवर्तमान मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारले कार्यालय हटाएको थियो । वर्तमान मुख्यमन्त्री राजेन्द्र राईले सम्पर्क कार्यालयका फर्निचर सरकारी निवासमा राखेका छन् ।

प्रादेशिक सञ्चा‍र प्रतिष्ठानका कार्यकारी निर्देशक शर्मालाई पदमुक्त नगर्न उच्च अदालतको आदेश

बाबुराम भण्डारी | पुस १४, २०७८

विराटनगर - मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको वर्तमान सरकारको निर्णयबाट खारेजीमा परेको प्रादेशिक सञ्...