सुरक्षागार्डले आक्रमण गरेपछि नोबेलका विद्यार्थीले गरे तोडफोड
विराटनगर – नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क माग गरेपछि एमबीबीएस अध्ययनरत विद्यार्थीले गरेको शान्तिपूर्ण आन्दोलनमा त्यहाँ कार्यरत सुरक्षा गार्डले आक्रमण गरेपछि विद्यार्थीहरु तोडफोडमा उत्रिएका छन् ।
आज आइतबार शान्तिपूर्ण रिले अनसनका लागि गएका विद्यार्थीमाथि सुरक्षा गार्डले आक्रमण गर्दै रोकेपछि विद्यार्थी तोडफोडमा उत्रिएका हुन् । नोबेलका सुरक्षा गार्डले विद्यार्थीमाथि लाठी चार्ज गरेका हुन् ।