सरकारविरुध्द बुटवलमा ९ दलको प्रदर्शन

इकागज | मंसिर ८, २०७७

बुटवल : वर्तमान सरकार आन्तरिक विवादमा फसिरहेका बेला सरकारको कार्यशैलीलाई लिएर जिल्ला-जिल्लामा असन्तुष्टि बढेको छ । वर्तमान सरकार जनताको चाहना र भावना अनुसार चल्न नसकेको भन्दै रुपन्देहीमा क्रियाशिल ९ राजनीतिक दलहरुले बुटवलमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले अहिलेको सरकार एकपछि अर्को आन्तरिक विवादमा डुबेको भन्दै कुनै पनि जनपक्षिय काम नभएको आरोप लगाए । जिल्लामा क्रियाशील ९ राजनीतिक दलहरुले असमान सन्धी सम्झौतासमेत खारेजीको मागसहित बुटवलमा विरोधसभा गरेका थिए । संयुक्त विरोध कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रिय जनमार्चाका केन्द्रीय उपाध्यक्ष बद्रे आलमले किसानहरुका समस्यामा सरकारले कुनै सरोकार नराखेको भन्दै किसानहरुलाई मल, वीउ समय मै उपलव्ध गराउन माग गरे । उनले किसानका समस्याहरुलाई राज्यले उपेक्षा गर्न नहुनेमा समेत जोड दिए ।

विरोध सभालाई सम्वोधन गर्दै नेकपा (मसाल) रुपन्देहीका प्रवक्त नारायण जिसीले सरकार कालोबजारी, महंगी र भ्रष्टाचार नियन्त्रण खरो रुपमा उत्रन नसकेको बताए । नेकपा (संयुक्त)का पोलिटव्यूरो सदस्य कृष्ण बहादुर गुरुङले कारोना उपचारमा भएको अनियमितताले सरकार बदनाम भएको बताए । उनले कारोना संक्रमणबाट संक्रमितहरुको राज्यले निशुल्क उपचार गर्नुपर्ने माग गरे ।

देशभक्त जनगणतान्त्रिक मोर्चा लुम्बिनी प्रदेशका सचिव तेजविक्रम शाहीको अध्यक्षता, राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष गणेश गौतमको संचालनमा भएको कार्यक्रममा नेकपा (माले) लुम्बिनी प्रदेश सचिव चन्द्रकान्त आचार्य, नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रिय सदस्य समीर केसी लगाएतले बोल्दै वैदेशिक हस्तक्षेपको विरोध गर्नुको विकल्प नरहेको बताए ।

कार्यक्रममा नेकपा( मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्टिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा( माओवादी केन्द्रि), राष्टिय जागरण मंच, राष्टिय जागरण परिषद, नेकपा मास्कवादी (पुष्पलाल)लगाएतका ९ दलले विरोध सभा गरेका हुन् । उनिहरुले सभा गर्नु पुर्व विरोध र्याली समेत प्रर्दशन गरेका थिए ।

सकिनै लागेको अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड तगारो

बिक्रम खड्का | मंसिर ४, २०७७

बुटवल : सरकारले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत राखेको भैरहवास्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय वि...