१८ किलो अफिमसहित तीन पक्राउ

इकागज | पुस १६, २०७७

रुकुमपूर्व  : १८ किलो लागुऔषध अफिमसहित तीन जना पक्राउ परेका छन् । अठार किलो ५०० ग्राम अफिमसहित छुट्टाछुट्टै ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको बिहीबार पत्रकार सम्मेलन गरी प्रहरीले जानकारी दिएको छ । 

पक्राउ पर्नेमा भूमे गाउँपालिका-३ झुङ्लाबाङका ३४ वर्षका ताराप्रसाद श्रेष्ठ, सिस्‍ने गाउँपालिका-४ अमलाचौरका ५८ वर्षका मन्सराम खत्री र भूमे-३ झुङ्लाबाङ घर भई वडा नम्बर २ खाबाङमा बस्दै आएका २१ वर्षका हिक्मत पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गजुसिध्दि बज्राचार्यले बताए ।  

ताराप्रसाद र मन्सरामलाई यही पुस १४ गते सिस्‍ने-६ को छिप्रीदहस्थित होटेलबाट १३ किलो अफिमसहित पक्राउ गरिएको हो । अफिमको कारोबार भइरहेको छ भन्‍ने विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक दिपेन्द्र बाँनियाको नेतृत्वमा गएको टोलीले उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रमुख बज्राचार्यले बताए ।   

उनीहरू दुई जनालाई पक्राउ गरेपछि अनुसन्धान गर्दै जाँदा ताराप्रसादसँग अफिम कारोवारमा संलग्‍न भएका अर्का हिक्मतलाई पनि पाँच किलो ५०० ग्राम अफिमसहित पक्राउ गरिएको हो । उनलाई भने बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । यही पुस १४ गते पक्राउ परेका ताराप्रसाद र मन्सरामलाई अदालतमा पेश गरी १५ दिनको म्याद थप भई अनुसन्धान जारी राखिएको छ । (रासस)

सुरक्षाको माग गर्दै लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सकहरू धर्नामा

बिक्रम खड्का | पुस १६, २०७७

बुटवल : बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले अस्पतालमा धर्ना दिएका छन् । ...

स्‍याट्‍यास लेखेको ८ महिनापछि महेश बस्‍नेतको निर्देशनमा चन्द पक्राउ

इकागज | पुस १६, २०७७

बुटवल : आजभन्दा ७/८ महिना पहिला लेखेको फेसबुक स्ट्याटसलाई लिएर बाँकेका डिल्लीबहादुर चन्दलाई प्रहरीले पक्...

सरकारलाई गिज्‍याउने लुम्बिनी प्रदेशसभा गेट अगाडिका यी दृश्‍य

बिक्रम खड्का | पुस १२, २०७७

बुटवल : प्रधानमन्त्री केपी शर्मा ओलीदेखि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल सरकारले गरेको महत्वपुर्ण...

नेकपा विवाद : लुम्बिनीमा कुन समूह बलियो ? नेताहरूको समूहगत (नामावलीसहित)

बिक्रम खड्का | पुस ११, २०७७

बुटवल : प्रतिनिधि सभा विघटनसँगै नेकपामा नेता कार्यकताहरू तानातानमा परेका छन् । दुवै गुटले आफूलाई बलि...