कोभिडले बुटवलमा एकै रात २ जनाको मृत्यु

इकागज | मंसिर १३, २०७७

बुटवल : बुटवलस्थित कोरोना बिशेष अस्पतालमा उपचाररत २ जनाको गएराती निधन भएको छ । बुटवल र कपिलवस्तुबाट उपचारका लागि भर्ना भएका २ जना पुरुषको गयराती मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

बुटवल उपमहानगरपालिका-७ का ४२ वर्षीय तथा कपिलवस्तु २ गोरुसिङ्गेका ७४ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । बुटवलका कोभिड संक्रमित पुरुष गत मंसिर ५ गतेबाट अस्पतालमा उपचाररत थिए भने कपिलवस्तुका संक्रमित ९ गतेबाट उपचाररत थिए ।

बुटवलका पुरुषको गयराती ११:२५ बजे र कपिलवस्तुका संक्रमितको १०:२० बजे मृत्यु भएको डा. गौतमले बताए । एकजनालाई मंसिर ५ गते र अर्कालाई मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु दुवै जना पहिलेदेखि नै मृगौलाको बिरामी रहि डाईलासिस गरिरहेको समेत अस्पतालले जनाएको छ ।

गर्भ बसेपछि प्रेमी फरार, परिवारले अस्वीकार गरेपछि सुत्केरीको बेहाल

नमस्कार शाह | मंसिर १०, २०७७

नेपालगञ्‍ज : २१ दिने सुत्केरी छोरी र नातिनीको स्वास्थ्यमा समस्या आएपछि डुडुवा गाउँपालिका- ५ डलैपुरक...

पदसँग राजधानी साटेको भन्दै गृहजिल्लामा अथर्मन्त्री पौडेललाई कालो झण्डा

बिक्रम खड्का | मंसिर १०, २०७७

बुटवल : सत्तारुढ नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई गृहजिल्ला बुटवलमा नेपाली कांग्रेस कार्यक...

बुटवलमा विद्यालय खोल्न अभिभावक र चिकित्सकको अनुमति चाहिने

बिक्रम खड्का | मंसिर ९, २०७७

बुटवल : बुटवल उपमहानगरपालिकाले तल्लो कक्षाका विद्यार्थीहरूलाई घरमै राखेर विद्यालयहरू सञ्चालन गर्ने भएको ...