राजनीति

पदसँग राजधानी साटेको भन्दै गृहजिल्लामा अथर्मन्त्री पौडेललाई कालो झण्डा

बिक्रम खड्का |
मंसिर १०, २०७७ बुधबार ८:३३ बजे

सांकेतिक तस्बिर

बुटवल : सत्तारुढ नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई गृहजिल्ला बुटवलमा नेपाली कांग्रेस कार्यकर्ताले कालो झण्डा देखाएका छन् । पदसँग राजधानी साटेको भन्दै पौडेललाई तिनाउ पुल नजिकै बुधबार बिहान कांग्रेस कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन् ।


बुधबार र बिहीबार रूपन्देहीका विभिन्न आयोजना अनुगमन, शिलान्यास तथा उद्घाटन कार्यक्रममा सहभागी हुन पौडेल मंगलबार बुटवल गएका थिए । त्यसै मौकामा सैनामैनामा सञ्चालित आयोजना अवलोकन गर्न जाँदा उनलाई कालो झण्डा देखाएका हुन् ।

लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवल थियो । अहिले लुम्बिनीको स्थायी राजधानी दाङ सारिएको छ । यसै बेलादेखि पौडेललाई पदसँग राजधानी साटेको भन्दै आरोप लाग्‍ने गरेको छ ।

यसअघि कांग्रेसले मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार गरेका थिए ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x