विरोध सभालाई सम्बोधन गर्न दाहाल र नेपाल बुटवल आउँदै

इकागज | माघ १५, २०७७

बुटवल : प्रतिनिधि सभा विघटनको विरोधमा चरणबद्ध आन्दोलनमा रहेको नेकपाको पुष्पकमल-माधव नेपाल पक्षले बुटवलमा आज विरोध सभाको आयोजना गरेको छ । सो कार्यक्रमको तयारी पूरा भएको पार्टीले जनाएको छ । 

लुम्बिनी प्रदेश स्तरीय उक्त कार्यक्रम बुटवलको पुष्पलाल पार्कमा गर्ने तयारी भएको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए । प्रादेशिक अस्पतालले हालै खाली गराएको जग्गामा कार्यक्रम गरिने जनाइएको छ । सभा अगाडि चारैतिरबाट जुलुस निकाल्ने कार्यक्रम तय भएको छ ।

सभालाई पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालले सम्बोधन गर्ने जनाइएको छ । कार्यक्रमलाई व्यवस्थित बनाउन केन्द्रीय सदस्य ठाकुर गैरेको संयोजकत्वमा आन्दोलन परिचालन समिति बनाइएको छ। कार्यक्रमलाई सफल बनाउन स्थायी समिति सदस्यहरू घनश्याम भुसाल, वर्षमान पुन, ओनसरी धर्तिलगायतका नेताहरू एक हप्तादेखि बुटवलमै बसेका छन् ।

विकास निर्माणलाई प्रभावकारी ढङ्गले अघि बढाइने छ : अर्थमन्त्री

इकागज | माघ १४, २०७७

रुपन्देही : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासका दृष्टिले रुपन्देहीका कुनै क्षेत्रलाई पछाडि पर्न नदिइने ...

प्रतिनिधि सभा पुनःस्थापना नभए तेस्रो जनआन्दोलन : भट्टराई

बिक्रम खड्का | माघ ९, २०७७

बुटवल : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओ...