समाज

आज हरितालिका तीज

कथा बन्याे छाेराछाेरीलाई पिँठ्युमा बाेकेर भाइसँगै माइत जाने दिन

इकागज | असोज १, २०८०
गलेश्वर- भदौरे झरीमा खोला र खहरेमा उर्लेको भेललाई छिचोल्दै तीजकै लागि छोरीचेली र दिदीबहिनी लिन जाने चलन अब हराउँदै गएको छ । हातहातमा मोबाइल र इन्टरनेटको पहुँच तथा यातायातको सुविधाले छोरी चेली र दिदीबहिनीलाई लिन अब घरमै जान नपर्ने अवस्था आएको छ ।           स–साना छोराछोरी पिठ्युँमा बोक्दै र हातमा डोर्‍याउँदै भाइको अघिपछि हुँदै साँझपख मात्रै माइत...