समाज

वर्षायाममा खाद्यान्न अभाव नहुने

इकागज | असार १८, २०८०
काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस वर्षको वर्षायाममा कहीँ कतै खाद्यान्न अभाव नहुने जनाएको छ । देशभरको गोदाममा खाद्यान्न मौज्दात रहेको, थप खाद्यान्न खरिद र ढुवानी प्रक्रिया जारी रहेको मन्त्रालयले जनाएको छ ।   खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार हाल काठमाडौँ उपत्यका तथा तराईका जिल्लामा ३६ हजार तीन सय ५६ क्विन्टल खाद्यान्न मौज्दात छ । अतिदुर्गम तथा दुर्गम जिल्लामा २५ हजार पाँच सय पाँच क्विन्टल खाद्यान्...