यी हुन् फिफा विश्वकपका ‘गोल्डेन बुट’ विजेताहरू
काठमाडौँ- फिफा विश्वकप फुटबल खेलाडीहरूका लागि आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट स्थल हो । विगतमा खेलाडीहरूले गरेको उत्कृष्ट प्रदर्शनका आधारमा विभिन्न अवार्डहरू समेत प्राप्त गरेका छन् । ती मध्येको एक हो, ‘गोल्डेन बुट’ ।
विगतका गोल्डेन बुट विजेताहरू यस प्रकार रहेका छन्:
सन् १९३९: गुलेर्मो स्टाबाइल (अर्जेन्टिना) – ८ गोल
सन् १९३४: ओल्डरिच नेजेडी (चेक रिपब्लिक) – ५ गोल
सन् १९३८: लियोनिडास (ब्राजिल) – ७ गोल
सन् १९५०: एडेमिर (ब्राजिल) – ८ गोल
सन् १९५४: सान्डोर कोक्सिस (हंगेरी) – ११ गोल
सन् १९५८: जस्ट फोन्टेन (फ्रान्स) – १३ गोल
सन् १९६२: फ्लोरियन अल्बर्ट (हंगेरी), भालेन्टिन इभानोभ (सोभियत युनियन) र गारिन्चा(ब्राजिल) – ४ गोल
सन् १९६६: युसेवियो (पोर्चुगल) – ६ गोल
सन् १९७०: जर्ड मुलर (जर्मनी) – १० गोल
सन् १९७४: गजेगोर्ज लाटो (पोल्यान्ड) – ७ गोल
सन् १९७८: मारियो केम्पेस (अर्जेन्टिना) – ६ गोल
सन् १९८२: पाउलो रोसी (इटाली) – ६ गोल
सन् १९८६: ग्यारी लिनेकेर (इंग्ल्यान्ड) – ६ गोल
सन् १९९०: साल्भाटोर चिलासी (इटाली) – ६ गोल
सन् १९९४: ओलेग सालेन्को (रुस) र रिस्टो स्टोचकोभ(बुल्गेरिया) – ६ गोल
सन् १९९८: डाभोर सुकेर (क्रोयसिया) – ६ गोल
सन् २००२: रोनाल्डो (ब्राजिल) – ८ गोल
सन् २००६: मिरोस्लाभ क्लोस (जर्मनी) – ५ गोल
सन् २०१०: थोमस मुलर (जर्मनी) – ५ गोल
सन् २०१४: जेम्स रोड्रिगेज (कोलम्बिया) – ६ गोल
सन् २०१८: ह्यारी केन (इंग्ल्यान्ड) – ६ गोल