विश्वकप २०२२

अर्जेन्टिनालाई हराएको साउदी अरेबियाले पोल्यान्डलाई निराश बनाउँला ?

इकागज | मंसिर १०, २०७९

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज साउदी अरेबियाले पोल्यान्डको सामना गर्दैछ । समूह 'सी' मा रहेका पोल्यान्ड र साउदी अरेबियाबीचको खेल एजुकेसन सिटी स्टेडियममा नेपाली समय अनुसार साँझ ६:४५ बजेबाट सुरु हुनेछ ।

पोल्यान्डविरुद्ध मैदानमा उत्रदाँ साउदी अरेबियाको मनोबल उच्च रहनेछ किनभने उसले पहिलो खेलमा उपाधि दावेदार अर्जेन्टिनालाई २-१ गोलअन्तरले पराजित गरेको थियो ।

अर्कोतर्फ साउदी अरेबियाबाट सकारात्मक नतिजाको अपेक्षा पनि बढ्दै गएका कारण टिममा दवाव पनि उत्तिकै हुनेछ ।  

अर्कोतर्फ मेक्सिकोसँग पहिलो खेल गोलरहित बराबरी खेलेको पोल्यान्डलाई पनि जितको आवश्यकता छ । नकआउट चरणमा प्रवेशको सम्भावना बलियो बनाउन पोल्यान्डलाई जितको आवश्यकता रहेको छ ।

इतिहास हेर्दा पोल्यान्ड र साउदी अरेबियाबीच चार मैत्रीपूर्ण खेल मात्र भएको छ । जसमा चारवटै खेल पोल्यान्डले जितेको छ । फिफा विश्वकपमा भने पोल्यान्ड र साउदी अरेबिया पहिलो पटक एकअर्काविरुद्ध खेल्दैछन् ।

अर्जेन्टिनाले मेक्सिकोविरुद्ध खेल्दा मेस्सीमाथि जितको दवाव

इकागज | मंसिर १०, २०७९

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत अर्जेन्टिनाले मेक्सिकोविरुद्ध महत्वपूर्ण खेल खेल्दैछ । सम...

अमेरिका र इंग्ल्याण्ड भिड्दै, इंग्ल्याण्डले हारे के, जिते के हुन्छ ?

इकागज | मंसिर १०, २०७९

काठमाडौं–कतारमा जारी विश्वकप २०२२ अन्तर्गत समूह चरणको खेलहरु भइरहेका छन् । सबै टालीले कम्तीमा एक्...

विश्वकप २०२२ बाट कतार बाहिरियो, अन्तिम १६ मा पुग्ने कसको सम्भावना कति ?

इकागज | मंसिर १०, २०७९

काठमाडौं । कतारमा जारी र फिफा विश्वकप फुटबल २०२२ बाट आयोजक राष्ट्र बाहिरिएको छ । समूह ए को दोस्रो चरण...