फुटबल

अमेरिका र इंग्ल्याण्ड भिड्दै, इंग्ल्याण्डले हारे के, जिते के हुन्छ ?

इकागज |
मंसिर १०, २०७९ शनिबार १:१० बजे

फाइल तस्बिर

काठमाडौं–कतारमा जारी विश्वकप २०२२ अन्तर्गत समूह चरणको खेलहरु भइरहेका छन् । सबै टालीले कम्तीमा एक् खेल खेलिसकेको अवस्था छ । अहिले समूह बी अन्तर्गत अमेरिका र इंग्ल्याण्ड भिड्दै छन् ।

समूह बी मा रहेका यी दुई टोली बाहेक इरान र वेल्सले दुई खेल खेलिसकेका छन् । अहिलेसम्म १ खेल मात्रै खेलेको इंगल्याण्ड ३ अंकसहित शीर्षस्थानमा छ । दुई खेल खेलेको इरान दोस्रोमा हुँदा एक् खेल खेलेको अमेरिका तेस्रो र दुई खेल खेलेको वेल्स पुछारमा छ । दोहोरो खेल खेलेका इरान र वेल्स हुन् । शुक्रबार साँझ भएको सो यी दुई बीचको खेलमा इरानले जित निकाल्दा यसअघि बराबरी खेलेको वेल्स एक अंकका साथ पुछारमा रहेको हो ।


अमेरिका र इंग्ल्याण्ड भिड्दै छन् । यो खेलमा इंग्ल्याण्डले जिते समूहको शीर्षमा रहँदै स्पष्ट ६ अंक उसले बटुल्नेछ भने अन्तिम १६ का लागि समेत ढोका खुल्ने सम्भावनाको नजिक पुग्नेछ । किनकी बाँकी १ खेल खेल्न रहेका अन्य टोलीले उसलाई अंकको समीकरणमा भेट्न कठिन पर्नसक्छ । उसको गोलअन्तर पनि माथि छ । यदि यसलाई अंंकले भेटेमा इरानको मात्रै सम्भावना हुनेछ । 

हारेको खण्डमा अमेरिकाले ४ अंक जोड्नेछ र शीर्षमा स्थान बनाउनेछ । भने इंग्ल्याण्डले अर्काे खेल हारेमा अन्तिम १६ मा पुग्ने बाटो बन्द हुनसक्छ । त्यसका लागि अन्य टोलीले बाँकी खेल जित्नुपर्छ ।
 


Author

थप समाचार
x